Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

संजीबले ल्याए ‘झोला’



snjeev-pradhan

विजय थापा । लामो समयदेखि अमेरिकाको बाल्टिमोर बस्दै आएका चर्चित गायक संजीब प्रधानले ‘झोला’ र ‘मेरो एउटा साथी छ” नामक गिती संग्रह सार्बजनिक गरेका छन् । उनले गीत गत डिसेम्बर २१ तारिखका दिन सार्वजनिक गरेका हुन् ।

डिसेम्बर २१ का दिन सार्वजनिक भएको उक्त गीत पाठशाला गीति संग्रह एल्बमबाट लिइएको हो भने शब्द र संगीत गायक संजीब प्रधान कै रहेको छ । उक्त गीत ४ बर्ष अघि नोवेम्बर २१ ,२०१३ मा सार्बजनिक गरेका थिए ।

गीत को प्रबन्ध सुनिल बर्देवाले गरेका थिए भने उक्त गीतलाई छायाँकन गरि यूट्युबमा बर्ष २०१७ को अन्तिम समयमा गरेका हुन् । भिडियोको छायाँकन गायक संजीब प्रधानले अमेरिकामा नै गरेका हुन् भने कलाकारद्वय सुदित श्रेष्ठ तथा रिजु श्रेष्ठको छायाँकन भने नेपाल मै गरिएको हो ।

भिडियोको निर्देशन सुजता श्रेष्ठले गरेकी छन् भने सम्पादन सुनिल श्रेष्ठले गरेका हुन । चलचित्रकला तथा रङ्गकारक(सिनेमेटोग्राफीर कलरिस्ट) उज्वल श्रेष्ठ हुन ।