back
CTIZAN AD

नवनिर्वाचित सभासदहरुको पहिलो प्राथमिकता – भूकम्पपछिको पुनःनिर्माण पहिलो प्राथमिकता

वि.सं.२०७४ पुस ८ शनिवार

831 

shares

८ पुस, काठमाडौँ : हिमाली जिल्ला रसुवाका नवनिर्वाचित सांसदहरुले भूकम्पले क्षति पु¥याएको संरचनाको पुनःनिर्माण आफूहरुको पहिलो प्राथमिकता भएको बताएका छन् ।

लोकतान्त्रिक गठबन्धन रसुवाले आज बसुन्धरामा आयोजना गरेको ‘बधाई तथा धन्यवाद’ कार्यक्रममा नवनिर्वाचित सांसदहरुले समृद्ध र सुन्दर रसुवा निर्माणका लागि भूकम्पले भत्केको संरचना निर्माण आफूहरुको पहिलो काम भएको बताएका हुन् ।

कार्यक्रममा रसुवा क्षेत्र नं १ नवनिर्वाचित प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्यले भूकम्पले क्षति पु¥याएको संरचनाको पुनःनिर्माणका लागि भूकम्प पुनःनिर्माण प्राधिकरणसँग छिटो सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

“प्राकृतिक क्षेत्रले सम्पन्न रसुवाको विकासका लागि पुनःनिर्माण नै पहिलो प्राथमिकता हो,”–उहाँले भन्नुभयो । उहाँले रसुवाभित्रको सडकको स्तरोन्नति, खानेपानी, सिँचाइ, जलविद्युत् क्षेत्रको समस्याको समाधानका लागि आफूहरुले काम गर्ने बताउनुभयो ।

रसुवा प्रदेशसभा ‘क’ का सांसद प्रभात तामाङले अन्तर्राष्ट्रिय नाकाका रुपमा रहेको रसुवाको विकासका लागि आफूहरुले काम गर्ने बताउनुभयो ।

प्रदेशसभा ‘ख’ का सांसद प्रेम तामाङले रसुवालाई नमूना हिमाली जिल्लाका रुपमा विकास गर्दै पर्यटनको विकास र विस्तारका लागि आफूहरु सदैव लाग्ने बताउनुभयो ।

वि.सं.२०७४ पुस ८ शनिवार १३:१२ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...