back
CTIZAN AD

राजनीतिक परिवर्तनले सहयोग रोकिँदैन : महावाणिज्यदूत

वि.सं.२०७४ पुस ८ शनिवार

675 

shares

 ८ पुस, चितवन : भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत सिवी प्रधानले नेपालको राजनीतिक परिवर्तनले भारतको सहयोग नरोकिने बताउनुभएको छ ।

आज यहाँ जिल्ला समन्वय समिति, चितवनले आयोजना गरेको चितवनको विकाससम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले नेपालमा भएको राजनीतिक परिवर्तनका कारण भारतबाट विकास निर्माणका लागि हुने सहयोग नरोकिने बताउनुभयो । परिवर्तनबाट नै विकास शुरु हुने भन्दै उहाँले भारत नेपालको हरेक विकास निर्माणका क्रममा साथमा रहेको बताउनुभयो ।

नेपाल र भारतबीचको सम्बन्धलाई दिगो बनाउनका लागि आफ्नो कार्यकालमा कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभएको छ । केही समयअघि चिसिएको सम्बन्धलाई सुधार गर्दै अझै बलियो सम्बन्ध बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदीले लामो समयदेखि व्यवस्थित योजना बनाउन नसक्दा जिल्लाको विकास सोचेअनुसार हुन नसकेको बताउनुभयो । नेपालको एक महत्वपूर्ण जिल्लाका रुपमा रहेको चितवनको विकासका लागि भारत सरकारले चासोका साथ काम गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति, चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजन गौतम, यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी, उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीलगायतले बोल्नुभएको थियो ।

वि.सं.२०७४ पुस ८ शनिवार १३:०४ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...