back
CTIZAN AD

५ सय ५० मा बिक्ने खुर्सानीको मूल्य सयमा झरेपछि कृषक चिन्तित

वि.सं.२०७४ पुस ८ शनिवार

822 

shares

akabare-khursani

८ पुस, तेह्रथुम : तेह्रथुममा उत्पादन भएको अकबरे खोर्सानीले राम्रो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । वर्षेनि उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनमा कसैले चासो नदिँदा अकबरे खोर्सानीले बजार नपाएको गुनसो किसानको छ । बजार भाउ घटेपछि अकबरे खोर्सानीको व्यावसायिक खेती गरिरहेका किसान अहिले निराश बनेका छन् ।

गत वर्ष यो मौसममा अकबरे खोर्सानीको कारोबार रु ३५० देखि ५५० सम्म भएको थियो । तर यो वर्ष हाल रु १०० देखि १५० मा मात्रै कारोबार भइरहेको छ । उत्पादन बढी भएपछि बजार मूल्य घटेको हुनसक्ने सुदापका किसान डिकबहादुर खड्काले बताउनुभयो ।

“पहिले कमाइ राम्रो थियो, घरैमा आएर व्यापारीले खरिद गर्थे”– उहाँले भन्नुभयो, “अहिले सबैले खेती गरेका छन्, उत्पादन पनि बढी छ, त्यसैले मूल्य पनि कम छ ।” खेती विस्तारका लागि सबैले सहयोग गर्ने, तर बजारीकरणका लागि कसैले वास्ता नगरेपछि वर्षेनी सबै कृषिउपजको बजारमा समस्या सिर्जना हुँदै गएको उहाँ बताउनुहुन्छ ।

हरेक वर्ष अकबरे खोर्सानीको बजार जेठ मसान्तदेखि शुरु हुन्छ । यो वर्ष पनि सुरुआतमा हरियो खोर्सानीको कारोबार रु ४०० सम्ममा समेत भयो । तर यही मौसममा ह्वात्तै घटेर अकबरेको मूल्य रु १०० मा झरेको हो ।

मूल्य घटेपछि किसानलाई मर्का परेको सुदापस्थित नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताउनुभयो । “समूहमार्फत हामीले सामूहिक खेती पनि गरेका छौँ, घरैपिच्छे अकबरे खोर्सानीको खेती ठूलो छ”– अध्यक्ष खड्काले भन्नुभयो, “तर मूल्य नपाएकाले खेती नै संकटमा परेको छ ।” मूल्य घटेकाले यही खेती लगाइरहने या अर्को खेती लगाउने भन्नेबारे किसान अन्योलमा परेको उहाँले बताउनुभयो ।

अकबरे खोर्सानी एकपटक रोपेपछि पहिलो वर्ष सामान्य उत्पादन हुन्छ । दोस्रो वर्ष राम्रो उत्पादन हुन्छ र तेस्रोदेखि पाँचौँ वर्षसम्म पनि उत्पादन हुन्छ । अकबरेको एउटा बोटमा असारदेखि निरन्तररुपमा माघसम्म फल लागिरहन्छ ।

परम्परागतरुपमा घरैपिच्छे पारिवारिक प्रयोजनका लागि हुने अकबरेको खेती अहिले व्यावसायिक बन्ने क्रममा छ । जिल्लाका धेरै किसानले यसको व्यावसायिक खेती गर्न थालेका छन् । जिल्लामा अकबरे खोर्सानी खेतीको विकास र विस्तारका लागि जिल्ला कृषि विकास कार्यालय र गैरसरकारी संस्थाले किसानलाई तालीम र बीउबिजनमा सहयोग गरेका छन् ।

थोरै मेहनत र लागतबाटै मनग्ये आम्दानी गर्न सकिने भएपछि किसानले खाद्यान्न बाली छाडेरै अकबरे खुर्सानीको खेती थालेका थिए । अन्नबालीभन्दा कम मेहनत र लागतले पनि अकबरे खेतीबाट आम्दानी हुन थालेपछि व्यावसायिक खेती थालेको किसान बताउँछन् ।

धान, मकैलगायत अन्नबालीको खेतीभन्दा यो धेरै सजिलो रहेछ, फेदाप गाउँपालिका–२, ओयाक्जुङकी चन्द्रप्रसाद ढकालले भन्नुभयो ।

ढकालले घरमुनिको एउटा पाटोमा लगाएको अकबरे खेतीबाट यो वर्ष रु ५० हजार बढी आम्दानी गर्नुभएको छ । “अन्नबालीबाट भन्दा अकबरे खेतीबाट तेब्बर बढी आम्दानी हुने रहेछ ।” जमिन पनि धेरै चाहिँदैन, काम गर्ने जनशक्ति पनि कम लाग्छ, पाँच मुरी मकै फल्ने ठाउँमा ५० हजारको अकबरे फल्छ– उहाँ भन्नुहुन्छ ।

जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका सबै गाउँमा अकबरे खोर्सानीको खेती भइरहेको छ । तर व्यावसायिकरुपमा भने छथर गाउँपलिकाको सुदाप, ओख्रे, फाक्चामारा, पञ्चकन्या र हमरजुङ, फेदाप गाउँपालिकाको ओयाक्जुङ र जलजले, मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ र श्रीजुङ, म्याङलुङ नगरपालिकाको पिप्ले, आम्बुङ र जिरीखिम्ती तथा आठराइ गाउँपालिकाको छातेढुंगा र इवामा अकबरे खोर्सानीको व्यावसायिक खेती भइरहेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष जिल्लामा रु १२ करोडको अकबरे खुर्सानी उत्पादन भएको थियो । किसानले २५ हेक्टर जमिनमा लगाएको खेतीबाट ३१२ मेट्रिक टन उत्पादन गरेका थिए ।

वि.सं.२०७४ पुस ८ शनिवार ०८:२८ मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

एकै दिन छ हजारभन्दा बढीले  बढ्यो सुनको मूल्य, तोलाको कति ?

एकै दिन छ हजारभन्दा बढीले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...