back
CTIZAN AD

 जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार

वि.सं.२०७४ पुस ८ शनिवार

957 

shares

८ पुस, काठमाडौँ : ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटललगायत मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार गरी परिवार तथा समाजमा पुनःस्थापना गरेको छ । मनोरञ्जन क्षेत्रमा कार्यरत १२ वर्षदेखि १५ वर्षसम्मका ती बालबालिकालाई स्थानीय प्रहरी प्रशासनको सहयोगमा उक्त संस्थाले सहयोग गरेको हो ।

संस्थाले यही डिसेम्बर १५ भित्र (एक वर्षको अवधि) मा गरेका कार्य प्रगतिको प्रतिवेदन आज यहाँ सार्वजनिक गर्दै विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले उपत्यकाका एक हजार नौ मनोरञ्जन व्यवसायका रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटलमा अनुगमन गर्दा दुई हजार ७०३ महिला तथा बालबालिका पाइएको जानकारी दिँदै त्यसमा एक हजार ७८३ किशोरी पाइएको बताउनुभयो । अनुगमनका क्रममा महिला तथा बालबालिका खुलेर कुरा गर्न नपाउने पाइएको छ, ३०९ बालिका बेचबिखनको जोखिममा रहेको संस्थाले जनाएको छ ।

उपत्यकामा करिब ६० हजार महिला तथा किशोर किशोरी श्रमिकका रुपमा कार्यरत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । रोजगार र मानव बेचबिखनका विषयमा ४५ वटा सामुदायिक अभिमुखीकरण तालीमका माध्यमबाट एक हजार ९५३ लाभान्वित गराइएको छ ।

कार्यक्रममा नेपाल स्वतन्त्र होटल, क्यासिनो र रेस्टुराँ मजदुर युनियनका महासचिव दीपक सापकोटाले सो व्यवसायलाई औपचारिक व्यवसायका रुपमा विकास गरिने जानकारी गराउँदै त्यस क्षेत्रमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गरिने बताउनुभयो ।

कार्यक्रममा सहभागी प्रहरी अधिकारीले सो क्षेत्रमा नियमविपरीत बालबालिकालाई श्रममा लगाउने व्यवसायीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै सेवाग्राहीबाट महिला हिंसा तथा यौनजन्य दुव्र्यवहार भएमा सम्बन्धित महिलालाई उजुरी गर्न आग्रह गर्नुभएको छ ।

वि.सं.२०७४ पुस ८ शनिवार ०८:२० मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...