back
CTIZAN AD

रेमिट्यान्स घट्यो

वि.सं.२०७४ पुस ९ आइतवार

651 

shares

remitance-of-poush-2074
९ पुष, काठमाडौँ । देशको आर्थिक मेरुदण्डको रुपमा रहेको विदेशमा बसेका नेपालीहरुले पठाएको विप्रेषण आप्रवाह(रेमिट्यान्स) ४ महिनाको तथ्याङ्कमा घटेको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी चारमहिनाको तथ्याङ्क समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा १.४ प्रतिशतले कमी आई रु. २२८ अर्ब ९५ करोडमा सीमित भएको देखाइएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ०.३ प्रतिशतले घटी रु. २६४ अर्ब ५७ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६.७ प्रतिशतले बढेको थियो ।
तथ्याङ्कमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरूको संख्या (पुनः श्रमस्वीकृति बाहेक) मा पनि कमी आएको देखाइएको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ । यसबीचमा देशमा महत्वपूर्ण चुनावहरु परेका कारण पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमि आएको अनुमान गर्न सकिन्छ ।

वि.सं.२०७४ पुस ९ आइतवार १५:४७ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ...