back
CTIZAN AD

अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला बनाउन पुरानो प्यारापिट भत्काउन शुरु

वि.सं.२०७४ पुस १२ बुधवार

939 

shares

pokhara stadium

१२ पुस, पोखरा । पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला बनाउन आजदेखि पुरानो प्यारापिट भत्काउन शुरु गरिएको छ ।

सन् २०१९ मा नेपालमा आयोजना गर्न लागिएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै नयाँ संरचना बनाउनका लागि पुरानो संरचना भत्काउन शुरु गरिएकोे पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो ।

नेपाल सरकारको कूल रु एक अर्ब ३३ करोडको लागतमा निर्माण गर्न लागिएको सो रंगशाला निर्माण शुरु गरेको १० महिनामै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

उक्त रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले ग्लोबल टेण्डरसमेत आह्वान गरेकामा अन्तर्राष्ट्रियस्तरका छवटा ठेकेदार कम्पनीले निवेदन दिएको बताइएको छ ।

विसं २०४२ मा निर्माण गरिएको हालको संरचना २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले चर्केको थियो । पुरानो संरचना भत्काउन बोलपत्र आह्वान गरिएकामा काठमाडौँको जेबिए ठेकेदार कम्पनीले रु .४४ लाखमा ठेक्का लिएको छ ।

अबको एक महिनामा पुरानो संरचना भत्काएर अन्तर्राष्ट्रिय बोलपत्रमा स्वीकृति पाएको कम्पनीले नयाँ निर्माण अघि बढाउनेछ ।

वि.सं.२०७४ पुस १२ बुधवार ११:२७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...