back
CTIZAN AD

बीस हजार क्युफिट काठ पुनःनिर्माण प्राधिकरणलाई हस्तान्तरण

वि.सं.२०७४ पुस १२ बुधवार

861 

shares

wood

१२ पुस, भीमदत्तनगर  ।  द टिम्बर कर्पोरेशन अफ नेपाल, (टिसिएन) भीमदत्तनगर शाखाले भूकम्पपीडितलाई उपलब्ध गराउन भूकम्प पुनःनिर्माण प्राधिकरणलाई २० हजार क्युफिट चिरान काठ उपलब्ध गराएको छ ।

भूकम्पपीडितलाई घर बनाउन काठ उपलब्ध गराउने दुई वर्षअघिको सरकारी योजनाअनुसार गत चैत महिनामा यहाँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हावाहुरीले ढालेका रुख संकलन गरी पीडितलाई दिने निर्णय गरिएको थियो ।

सोहीअनुसार हालसम्म यहाँबाट प्राधिकरणका लागि काठमाडौँ २० हजार क्युफिट काठ पठाइएको द टिम्बर कर्पोरेशन अफ नेपाल, (टिसिएन) भीमदत्तनगर शाखाका सहायक प्रबन्धक खेमराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्लाफाँटा निकुञ्जबाट भूकम्पपीडितका लागि भन्दै एक लाख ४७ हजार क्युफिट काठ संकलन गरिएकामा २० हजार प्राधिकरणमा पठाइसकिएको छ भने ७० हजार क्युफिट काठ यहाँका सःमिलमा चिरान हुँदैछ । “काठ यहाँ चिरान गर्दै काठमाडौँ पठाउँदै गरेका छौँ ।” टिसिएनका सहायक प्रबन्धक जोशीले भन्नुभयो, “अबको छ महिनाभित्र सम्पूर्ण काठ प्राधिकरणमा पुगिसक्छ ।”

संकलन गरिएका काठमध्ये १० प्रतिशत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती व्यवस्थापन समिति र २० प्रतिशत टिसिएनले आन्तरिक खपत गर्ने सहायक प्रबन्धक जोशीले बताउनुभयो । “महेन्द्रनगर र धनगढी गरी चार वटा सःमिलमा काठ चिरान हँुदैछ ।” उहाँले भन्नुभयो, “निर्णय भएअनुसारको काठ टिसिएन धनगढी र महेन्द्रनगरबाट आन्तरिक खपत हुनाका साथै मध्यवर्तीलाई पनि दिइन्छ ।”

काठ ढुवानी र चिरानका लागि पुनःनिर्माण प्राधिकरणले टिसिएनको केन्द्रीय कार्यालयमा रकम प्रदान गरेको र सोही बमोजिम व्यवस्थापन भइरहेको छ ।

टिसिएनका अनुसार अझै करिब ५५ हजार गोलिया चिरान गर्न बाँकी छ । शुक्लाफाँटाबाट संकलन गरिएका गोलिया काठ यहाँस्थित मझगाउँ एयरपोर्ट छेउमा र शुक्लाफाँटाको अर्जुनी क्षेत्रमा घाटगद्दी गरी राखिएको छ ।

वि.सं.२०७४ पुस १२ बुधवार १०:२९ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...