back
CTIZAN AD

क्यानको वार्षिक मुनाफा रु नौ अर्बभन्दा बढी

वि.सं.२०७४ पुस १७ सोमवार

852 

shares

can

१७ पुस, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रु नौ अर्बभन्दा बढी सञ्चित मुनाफा आर्जन गरेको छ ।

आव २०७३÷७४ सम्मको अवधिमा नौ अर्बभन्दा बढी मुनाफा कमाएको बबरमहलस्थित क्यान परिसरमा आयोजित क्यानको १९ औँ वार्षिकोत्सवका अवसरमा सो जानकारी दिइएको हो ।

क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार क्यानले आव २०७३÷७४ सम्म सरकारलाई रु एक अर्ब ४६ करोड ८८ लाख राजश्व भुक्तानी गरेको छ ।

हवाई सेवालाई, स्तरीय तथा प्रभावकारी तुल्याउन समयसापेक्ष उच्चतम प्रविधिको अधिकतम उपयोग गर्दै सेवालाई थप गुणस्तरीय बनाउन क्यान लागिपरेको उनले बताए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठन (आइकाओ) को तथ्यांकअनुसार सन् २०१६ मा विश्वव्यापी नियमित उडानका यात्रु आवागमनतर्फ ६ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।

एशिया–प्रशान्त क्षेत्रमा यो वृद्धि केही बढी अर्थात् ७ दशमलव ५ प्रतिशत रहेको देखिन्छ । उक्त अवधिमा विश्ववयापी यात्रु आवागमन सङ्ख्या तीन अर्ब ८० करोड पुगेको छ ।

नेपालको सन्दर्भमा सन् २०१६ दश महिना (जनवरीदेखि अक्टोबरसम्म)को तुलनामा सन् २०१७ को सोही अवधिमा वायुयान आवागमनतर्फ २६ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ भने हवाई यात्रु आवागमनतर्फ ९ दशमलव ६६ प्रतिशतले वृद्धि भएको छ । तर कार्गो ढुवानीतर्फ भने यस अवधिमा ६ दशमलव २४ प्रतिशतले ह्रास भएको छ ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नागरिक उड्डयन मुलुकको आर्थिक समृद्धिसँग जोडिएको महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै यसलाई २१ औँ शताब्दी अनुरुपको उच्चतम प्रविधिमैत्री बनाइनुपर्नेमा जोड दिए  ।

लामो समयदेखि युरोपेली संघको कालोसूचीमा परेको नेपालको उड्डयन क्षेत्रलाई जतिसक्दो चाँडो फुकुवा गर्न आवश्यक पहल गर्ने बताउँदै उनले क्यानको दायरालाई थप प्रभावकारी बनाउन हालको क्यानलाई नियमन गर्ने निकायको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

एयरलाइन्स अप्रेटर एशोसिएशन अफ नेपालका अध्यक्ष पवित्रकुमार कार्कीले मुलुकको हवाई सेवालाई सुरक्षित र व्यवस्थित गर्न पूर्वाधार निर्माणलाई तीव्रता दिई प्रविधिमैत्री बनाइनुपर्नेमा जोड दिए ।

क्यान कर्मचारी ट्रेड युनियनका प्रतिनिधि श्रवणकुमार यादवले क्यानको व्यवसायिकीकरणका लागि विद्यमान बेथिति अन्त्य गरी नीतिगत सुधारको खाँचो औल्याए ।

वि.सं.२०७४ पुस १७ सोमवार ०३:५४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...