back
CTIZAN AD

सात बैंक तथा वित्तिय संस्थाले आँखु हाइड्रोमा करिब पाँच अर्ब लगानी गर्ने

वि.सं.२०७४ पुस १९ बुधवार

927 

shares

१९ पुस, काठमाडौँ । हाइड्रो सोलुसनले प्रवद्र्धन गर्न लागेको आँखु हाइड्रो पावरमा सनराइज बैंकको नेतृत्वमा विभिन्न सात वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।

मंगलबार आयोजित कार्यक्रममा लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र बैंकका प्रतिनिधिले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सो आयोजनामा सनराइज बैंकको नेतृत्वमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, बैंक अफ काठमाडौँ, सेन्चुरी कमर्सियल बैंक, ज्योति विकास बैंक, लक्ष्मी बैंक, एनसिसी र प्रभू बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका छन् ।

धादिङ जिल्लाको आँखु नदीमा निर्माण हुन लागेको ४३ मेगावाट क्षमताको सो आयोजनाको कुल लागत रु छ अर्ब ३० करोड रहेको छ । बैंक तथा वित्तीय संस्थाले सो आयोजनामा रु चार अर्ब ७२ करोड लगानी गर्नेछन् ।

रु एक अर्ब २४ करोड प्रवद्र्धक हाइड्रो सोलुसनले लगानी गर्नेछ । स्थानीयबासीका लागि रु १६ करोड र रु २४ करोड बराबरको साधारण शेयर जारी हुनेछ । आयोजनाबाट उत्पादित विद्युत् ३० किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको त्रिशुली थ्री ए वा त्रिशुली थ्री बीका लागि निर्माण गरिने सवस्टेशनमा जोडिनेछ ।

प्रसारण लाइन निर्माणसमेत आफै गर्ने तयारीका साथ आयोजना निर्माणमा जुटेको बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघका ऊर्जा समितिका सभापतिसमेत रहेका प्रधानले आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए ।

कार्यक्रममा बदलिँदो परिवेशमा जलविद्युत् क्षेत्रको अवस्थाका बारेमा परिचर्चा समेत गरिएको थियो ।
उटै व्यक्तिलाई सांसद नबनाउन वाइसीएलको माग

वि.सं.२०७४ पुस १९ बुधवार ०३:०३ मा प्रकाशित

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...