back
CTIZAN AD

म्यान्चेष्टर सिटी पुनः लयमा फर्कियो

वि.सं.२०७४ पुस १९ बुधवार

828 

shares

१९ पुस, काठमाडौँ । यो सिजन प्रिमियर लिगमा निकै राम्रो प्रदर्शन गरेको म्यान्चेष्टर सिटीले फेरि अर्को प्रभावशाली जित हासिल गरेको छ । हिजो राति सम्पन्न खेलमा सिटले वाटफोर्डलाई ३ ० ले पराजित गर्दै सिटीले आफ्नो लय पक्डेको हो ।
यस भन्दा अघिको खेलमा क्रिष्टल प्यालेससँग बराबरीमा रोकिएको सिटीले आफ्नो विजय यात्रा फेरि सुरुआत गरेको हो ।
हिजो सम्पन्न खेलमा म्यान्चेष्टर सिटीका लागि रहिम स्र्टलिङ र सर्जियो अग्युएरो ले एक एक गोल गरे । यस्तै वार्टफोर्डका कावासेलेले आत्मघाती गोल गरेका थिए । वार्टफोर्डका लागि ग्रेले सान्तवना गोल फर्काएका थिए । जितसँगै सिटीले प्रिमियर लिगमा १५ अंकको अग्रता कायम गरेको छ ।

वि.सं.२०७४ पुस १९ बुधवार ०२:०० मा प्रकाशित