
१९ पुस, एजेन्सी । यसै सिजन बोरुस्सिया डर्टमन्डबाट वार्सिलोना गएका अउसमान डेम्बेले चोटमुक्त भएका छन् ।
गत सेप्टेम्बरमा घाइृते भएका डेम्बेले करिब साढे ३ महिना मैदान बाहिर रहेका थिए । फिनल्यान्डमा गरेको सर्जरी पछि उनी अन्ततः चोटमुक्त भएका हुन् । उनले वार्सिलोनाको जर्सीबाट मात्रै ३ खेल मात्रै खेलेका छन् । नेयमारले वार्सिलोना छाडेर पिएसजी गएपछि वार्साले डेम्बेलेललाई नेयमारको प्रतिस्थापनको रुपमा किनेको थियो ।
यो सिजन निकै लयमा रहेको वार्सिलोना डेम्बेलेको पुनरागमन पछि अझै सुदृढ हुने विश्वास गरिएको छ ।