back
CTIZAN AD

कष्टकर जीवन बिताउन बाध्य मोतियाफाँटाका सुकुम्वासी

वि.सं.२०७४ पुस १९ बुधवार

900 

shares

१९ पुस, कञ्चनपुर । पुनर्वास नगरपालिका–८ मोतियाफाँटाका सुकुम्वासी परिवार कष्टकर जीवन बिताउन बाध्य छन् ।

करिब डेढ बिगाहा क्षेत्रफलमा १७६ घरधुरी सुकुम्वासी परिवार बसोबास गर्दै आएको मोतियाफाँटामा सडक, विद्युत्, खानेपानी, स्वास्थ्यलगायतका आधारभूत सेवा सुविधा पुग्न सकेका छैनन् ।

गणतन्त्र आएर जनप्रतिनिधि चुनिएर कार्य क्षेत्रमा खटिँदासमेत पुरानै अवस्थामा बाँच्नु परेको गंगे सुनारले बताए । नगरपालिकामा जनप्रतिनिधि आएपनि गाउँमा अहिलेसम्म कुनै पनि विकासका कार्यक्रम पुग्न नसकेको उनले बताए ।

विसं २०७२ असारमा पुनर्वास नगरपालिका खुला दिसामुक्त नगर घोषणा भयो तर मोतिया गाउँको आधाभन्दा बढी बस्तीमा शौचालय नै छैन ।

एकसय ७६ घरधुरीमध्ये १०० घर परिवारले आर्थिक अभावले शौचालय बनाउन सकेका छैनन् । मोतियाफाँटामा अहिलेसम्म नत बिजुली बत्ती पुग्न सकेको छ न पर्याप्त खानेपानीको धारा नै छ, जग्गाको अभावमा शौचालय बनाउने ठाउँ पनि नरहेको स्थानीय बासिन्दा बताउँछन् ।

जीविकोपार्जनका लागि अधिकांश बासिन्दा भारततिर जान्छन् भने कतिपय गाउँमै ज्याला मजदुरी गर्छन् । “नेपाल भारत सीमादेखि करिब २०० मिटरको दूरीमा रहेको मोतियामा राज्यले त ठग्यो नै भारतीय दुधवा नेशनल पार्कबाट वर्षेनी आउने जंगली हात्तीले घर भत्काइदिने, थोरै जग्गामा लगाएका बालीनाली तहसनहस पारिदिने गरेकाले झनै समस्या सिर्जना हुँदै आएको छ” समाजसेवी लहविर सुनारले भने ।

करिब ८० प्रतिशत दलित परिवार बसोबास गर्ने मोतियावासीले आफ्नै पहलमा सञ्चालन गरेको स्थानीय नवदुर्गा आधारभूत विद्यालयसमेत चन्दा संकलनबाट सञ्चालन हुँदै आएको छ ।

आधारभूत तहसम्म पढाइ हुने नवदुर्गामा दुईजना अस्थायी दरबन्दी एकजना राहत र एकजना निजी गरी चारजना शिक्षकले विद्यालय सञ्चालन गरेका छन् । “चुनावमा धेरैले आशा देखाए, चुनाव जितेपछि पनि बस्तीका आधारभूत समस्या समाधान गर्न चासो देखाइएको छैन” स्थानीय वीरे बुढाले भने ।

बस्ने बासभन्दा बस्तीका अरु कुनै सुविधा प्राप्त नभएकाले कष्टकर जीवन बिताउँदै आएको दुखेसो सोना मिजारले पोखे । घनाबस्तीका कारण गाउँमा अहिलेसम्म तीनपटकसम्म आगलागी हुँदा बस्ने घर र घरभित्र राखिएको सम्पत्ति जलेर नष्ट भएको उनलेबताए । आगलागीबाट पीडित बन्दासमेत सोधखबर लिनसमेत कोही बस्तीमा नपुगेको उनले बताए ।

स्थानीय जनजागरण सामुदायिक वनमा सदस्य भएकाले बेलाबेलामा घर निर्माणका लागि केही काठ भने बस्तीका बासिन्दाले पाउने गरेका छन् । समस्याले जेलिएको मोतियाफाँटाका बासिन्दाले आफ्नो गाउँठाउँमा पनि विकास हेर्न चाहेका छन् ।

वि.सं.२०७४ पुस १९ बुधवार ०३:२६ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...