back
CTIZAN AD

फिदिममा प्रादेशिक भाषा तथा नामकरण अभियान

वि.सं.२०७४ पुस २३ आइतवार

675 

shares

२३ पुस, पाँचथर । रासस ‘लिम्बू भाषा’ लाई प्रदेश–१ को सरकारी कामकाजी भाषा बनाउन दवाव दिनका लागि ‘प्रादेशिक भाषा तथा नामकरण अभियान मञ्च’को प्रथम सम्मेलन सदरमुकाम फिदिममा जारी छ ।
सम्मेलनमा मञ्चका संयोजक तथा भाषा आयोगका भाषा विशेषज्ञ हरिचन्द्र लावतीले ‘लिम्बू भाषा प्रदेश नं १ को कामकाजी भाषा किन र कसरी’ भन्ने अवधारणापत्र र भाषाविद् दिलेन्द्र कुरुम्बाङले ‘प्रदेश नं १ को नामकरण सैद्धान्तिक तथा वस्तुगत’को आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश ‘क’का नवनिर्वाचित सभासद् सीता थेबेले प्रदेश १ मा लिम्बू भाषालाई सांस्कृतिक, भाषिक रुपले कामकाजी बनाउन प्रदेशसभामा आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।
प्रदेश नं १ नेपाली र मैथिलीपछि तेस्रो भाषाका रुपमा रहेको लिम्बू भाषा प्रादेशिक भाषा बन्नयोग्य रहेको मञ्चका सदस्य तथा भाषाविद् कुरुम्बाङको भनाइ छ । प्रदेश १ मा ४५ लाख ३४ हजार ९४३ जनसंख्यामध्ये तीन लाख ३१ हजार ६८५ लिम्बू छन् । सम्मेलनमा पाँचथरसहित ताप्लेजुङ, इलाम, झापा, मोरङ, तेह्रथुम, धनकुटालगायत जिल्लाका प्रतिनिधि छन् ।

वि.सं.२०७४ पुस २३ आइतवार ०६:०९ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...