back
CTIZAN AD

हराउँदै गए गन्धर्वका बेदनाका गीत

वि.सं.२०७४ पुस २४ सोमवार

681 

shares
file photo

२४ पुस, बेनी, म्याग्दी । कुनै समय गीत गाउने (गन्धर्व) गाइने दाइ आएनन् भने गाउँघर शुन्य जस्तै बन्थे । एक ठाउँको घटना अर्को ठाउँमा गीतमार्फत सुमधुर स्वरमा गाउँदै जनतालाई मख्ख पार्ने (गन्धर्व) गाइने पछिल्लो समय भएको प्रविधिको विकासले हराउँदै जान थालेका छन् ।

दुई दशकअघिसम्म सूचना र समाचारका स्रोत बन्ने गर्थे गन्धर्वहरु । जनताका पीर व्यथा र देश परदेशका घटनाका वाहक ठानिने गन्धर्व हिजोआज पेशा परिवर्तन गरेर वैकिल्पक पेशाको खोजीमा छन् । समाजमा घटेका घटनालाई जस्ताको तस्तै स्वरको मालामा उनेर सबैको मनै छुने गरी गीत गाउँदै घरघरमा पुग्ने गन्धर्व गायनबाटै जीविका चलाउने अवस्था नरहेपछि पेशा परिवर्तन गरेका हुन् । उमेरले ७५ वर्ष पुगिसक्नुभएका म्याग्दी खबराका लालबहादुर गन्धर्व भने आफ्नो पेशालाई सकिनसकी गाउँगाउँमा पुगेर सुनाउने गर्नुहुन्छ ।

लालबहादुर गन्धर्वले आज पनि सात जनाको परिवारलाई गीत गाएरै पाल्नुभएको छ आजभोलि पहिलेको जस्तो गीत गाउँदै घरघरमा पुग्न पनि छोडिसकेको यो समयमा उहाँले भने आफ्नो पुर्खाको पेशालाई बचाई राख्नुभएको छ । धेरै पहिलेदेखि आफूले गीत गाउँदै जीविका चलाउँदै गरेको बताउनुहुन्छ– लालबहादुर गन्धर्व ।

सारंगीको मिठो धुनको तालमा सँगसँगै गीत गाउँदा सुन्ने पनि आनन्दित हुन्छन् जनताले पनि गाइनेको सुरिलो स्वर नसुनेको धेरै भइसकेको छ । पछिल्लो समय गाइने पनि गीत गाउने पेशा छाडेर अन्तै अरु काममा लाग्न थालेका छन् । जसले गर्दा अबका केही वर्षमा कुनै समयका समाचारका स्रोत समाजका सूचक गाइनेलाई गीत गाउँदै हिँडेको कसैले पनि देख्न नपाउने लालबहादुरले बताउनुभयो ।

नेपालमा भएका राजनीतिक परिवर्तनका आन्दोलनमा पनि गाइनेको ठूलो सहयोग रहेको स्थानीय टीकाबहादुर थापाले बताउनुभयो । “उनीहरु जनताको घरघरमा पुगेर परिवर्तनका गीत गाउँदै जनतालाई सुुशोचित पार्ने काम गर्थे त्यसैले उनीहरुले गरेको यो कामलाई कसैले पनि भुल्ने छैनन्”– थापाले भन्नुभयो ।

वि.सं.२०७४ पुस २४ सोमवार ०६:१९ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...