back
CTIZAN AD

हराउँदै थारूको मौलिक खाना घुँगी, प्रतिमा बनाएर संरक्षणको प्रयास

वि.सं.२०७४ पुस २९ शनिवार

1K 

shares

 २९ पुस  , रत्ननगर, चितवन ।  थारू समुदायको मौलिक खाना हो घुँगी । झट्ट हेर्दा चिप्ले कीरा प्रजातिमा पर्ने यो त्यस्तै देखिए पनि निक्कै फरक हुन्छ ।

घोल, दबदवे हिलो, पोखरी, धानखेतमा बढी पाइने घुँगी थारूहरु सम्भव भएसम्म सधैँ खान्छन् । अझै यसको महत्व महत्वपूर्ण चाडबाडका बेलामा हुन्छ । यस्तै बेलामा अरू समुदायसमेत घुँगी खान आकर्षित हुन्छन् ।
अहिले थारू समुदायको नयाँ वर्ष माघी पर्व शुरु भएको छ । यो अवसरमा चिचरसँग घुँगी खाने चलन प्रख्यात छ । घुँगीको रससँग चिचर निकै स्वादिष्ट हुन्छ । खोल (खबटा) भित्र हुने घुँगीलाई मुखबाट श्वासले तान्नेपछि मात्रै आउँछ । कतिपयले घुँगी खान जान्दैनन् । खान नजान्नुको रमाइलो छुट्टै हुन्छ ।

अन्य समयमा पनि घुँगीको रुचि बढी हुन्छ । अहिले घुँगी थारूको मात्रै नभएर अन्य समुदायको पनि आकर्षणको खाना बन्न पुगेको छ । थारू होम स्टेमा घुँगी अनिवार्य राखिएको हुन्छ । घुँगी खानकै लागि पर्यटकहरु थरू होम स्टेमा र थारूका घरमा जाने गर्छन् । तर पछिल्लो समयमा घुँगी हराउँदै गएको छ । चितवन रत्ननगरका थारू अगुवा वासुदेव चौधरी घुँगी लोप हुँदै गएको बताउनुहुन्छ ।

पहिले पहिले चितवन सौराहामा होटल भएको क्षेत्रमा प्रसस्तै घुँगी पाइन्थे । घर नजिकै घोलबाट घुँगी टिपेर खान्थे थारूले । घुँगी खोज्न धेरै टाढा जानु पर्थेन । अहिले यहाँका घोल पुरेर होटल बने । त्यसपछि घुँगी खोज्न टाढा जानुपर्ने बाध्यता छ । तर अहिले घुँगी खोज्न मानवीय चाप नभएको घोलमा पुग्नुपर्छ । निकुञ्ज छेउछाउको घोल र मान्छेले अतिक्रमण नगरेको घोलमा मात्रै घुँगी पाइन्छ ।

“पहिले धानखतेमा प्रशस्तै पाइन्थ्यो, अग्र्यानिक हुन्थ्यो, अहिले विषादीले घानखेतको घुँगी राम्रो मानिँदैन, त्यो पनि विषादीले खेतमा घुँगी हराउँदो छ, जसका कारण एक–दुई किलो बनाउन पनि ठूलै संघर्ष गर्नुपर्ने अवस्था आएको छ,” थारू पत्रकार संघ चितवनका अध्यक्ष कारी महतो बताउनुहुन्छ ।

नेपालको वास्तविक घुँगी हराउँदै गएपछि अहिले पूर्वी नेपालको बारालगायत जिल्लाबाट चितवन ल्याएर घुँगी बिक्री हुने गरेको छ । यो ठूलो आकारमा हुन्छ भने स्वादमा समेत फरक हुने थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ का अध्यक्ष नारायण महतो बताउनुहुन्छ ।

कस्तो हुन्छ र कसरी खाने घुँगी ? 

हड्डीको समस्या भएमा निको हुने भन्ने चलन थारूमा छ । थारूका गुरौहरुले त्यस्ता बिरामीलाई खान सिफारिश गर्छन् । ज्यान दुखेको, ढाड दुखेको ठीक हुन्ने विश्वास रहेको कारी महतो बताउनुहुन्छ । यो बीउ छैन । पाल्ने अवस्था नि छैन । यसको अनुसन्धान पनि हुन सकेको छैन । यसले माटो हिलो लेउ खान्छ । चिप्ले कीरा प्रजातिमा पर्छ घुँगी ।

यसलाई निकालेर सफा पानीमा १५ देखि २४ घण्टा राख्नुपर्छ । त्यसपछि पीठो खुवाउनु पर्छ । पानीमा राखेर पीठो हालिदिए यसले पीठो खान्छ । पीठो खाँदा पहिले खाएको लेदो (जुन माटो मिसिएको हुन्छ) ओकल्छ । अनि चुच्चोपट्टि फुटाइन्छ । त्यसपछि सफा गरेर पकाउनुपर्छ । अनि मात्रै खान योग्य हुन्छ । पोखरीबाट ल्याउने बित्तिकै पकाउँदा हिलो गन्हाउँछ । माटो किरिङ किरिङ हुने हुँदा राम्ररी सफा गर्नुपर्छ ।

घुँगी जोगाउन प्रतिमा निर्माण गरेर प्रदर्शनी 

चितवनको खैरहनीमा शुरु भएको थारूको खिचरा महोत्सवमा घुँगी जोगाउने प्रयासस्वरुप पाँच फिट अग्लो मूर्ति (प्रतिमा) निर्माण गरेर प्रदर्शन गरिएको छ ।

घुँगीसँगै खाने मौलिक खाना चिचरको ‘पोका’ समेत प्रदर्शनमा राखिएको छ । यसले मौलिक खानाको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ का अध्यक्ष तथा महोत्सव संयोजक नारायण महतो बताउनुहुन्छ । लोप हुँदै गएको घुँगीलाई बचाउन पनि पहिलो प्रयासस्वरुप प्रतिमा बनाइएको उहाँले बताउनुभयो ।

आयोजकले अतिथिलाई मायाँको चिनोसमेत घुँगीकै प्रतिमा दिएर पहिलो पटक नौलो प्रयास थालेका छन् । संयोजक महतोको योजनाअनुसार यसरी शुरु गरिएको हो ।

महोत्सवको मुख्य आकर्षण नै अहिले घुँगीको प्रतिमा बन्न पुगेको छ । दर्शक एकपटक घुँगीसँग सेल्फी हानेकै हुन्छन् । ललितकला क्याम्पसमा स्नातकोत्तर पढ्दै गरेका माडीका दिनेश्वर महतोले घुँगी र चिचरको पोकाको प्रतिमा फाइबरबाट बनाउनुभएको हो

वि.सं.२०७४ पुस २९ शनिवार १३:५६ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...