back
CTIZAN AD

रोनाल्डिन्होले गरे बुट थन्क्याउने घोषणा, जादुगरको जादुयी करियरको अन्त्य

वि.सं.२०७४ माघ ३ बुधवार

789 

shares

३ माघ, काठमाडौँ । वार्सिलोना तथा एसी मिलानका पुर्व खेलाडी रोनाल्डिन्होले व्यवसायिक फुटबलबाट बुट थन्क्याउने घोषणा गरेका छन् । ३७ वर्षिय ब्राजिलियन जादुगर रोनाल्डिन्होले व्यवसायिक फुटबलबाट विदा हुने निर्णय गरेका हुन् । उनका भाइ तथा एजेन्ट रोबर्टो एसिसले मंगलबार रोनाल्डिन्होले औपचारिक रुपमा फुटबलबाट सन्यास लिएको जानकारी गराएका छन्  ।

 

सन् २००२ मा ब्राजिललाई विश्वकपको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका रोनाल्डिन्हो २००० को दशकको उत्कृष्ट खेलाडीको रुपमा परिचित थिए । सन् १९९८ बाट ब्राजिलियन क्लब ग्रेमियोबाट व्यवसायिक खेल सुरु गरेका उनले ब्राजिलियन क्लबमा ३ वर्ष बिताएका थिए । सन् २००१ म ग्रेमियोबाट फ्रेन्च क्लब पिएसजी पुगेका रोनाल्डिन्हो त्यसको २ वर्ष पछि अर्थात सन् २००३ मा स्पेनिश क्लब वार्सिलोना पुगेका थिए । सन् २००३ देखि २००८ सम्म पाँच वर्ष वार्सिलोनामा बिताएका रोनाल्डोले दुई पटक लालिगा तथा एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । यस्तै रोनाल्डिन्होले सन् २००५ मा विश्वको सर्वश्रेष्ठ खेलाडीलाई प्रदान गरिने बेलोन डि ओर अवार्डबाट सम्मानित भएका थिए ।

सन् २००८ मा वार्सिलोनाबाट ईटलियन क्लब एसी मिलान पुगेका रोनाल्डिन्होले ईटलीमा २ सिजन बिताउदै एकपटक सिरिएको उपाििध जितेका थिए । एसी मिलानको पहिलो रोजाईमा पर्न नसकेपछि सन् २०११ म ब्राजिलियिन क्लब एथ्लेटिको मिनेइरो, मेक्सिकोको क्वेरितारो तथा फ्लुमिनेसीबाट खेलेका थिए । ब्राजिलियन राष्ट्रिय टोलीबाट ९८ खेल खेलेका उनले ब्राजिललाई सन् २००२ को विश्वकपको साथै सन् २००५ मा कन्फ्रेन्स कप तथा २००८ मा ओलम्पिक गोल्ड मेडल जिताउन समेत महत्वपुर्ण भुमिका खेलेका थिए ।  उत्कृष्ट ड्रिब्लीङबाट डिफेन्डरलाई जिल्ल पार्न निकै खप्पिस रोनाल्डिन्हो जादुगरको रुपमा परिचित थिए ।

 

वि.सं.२०७४ माघ ३ बुधवार ०८:०४ मा प्रकाशित