back
CTIZAN AD

हिमचुलीमा ५ हजार महिला सदस्य, सुत्करीखर्चसहित सुविधै सुविधा

वि.सं.२०७४ माघ ४ बिहीवार

948 

shares

४ माघ, कालीकोट । दर्ता भएको छोटो समयमा ख्याति कमाउन सफल भएको एक सहकारी संस्थाले आफ्ना सदस्यमा राहतका कार्यक्रमको थालनी गरेको छ ।

जिल्लामा रहेको हिमचुली कृषि सहकारीले आफ्ना सदस्यको हितका लागि थुप्रै राहतका कार्यक्रम लागू गरेको छ । अहिले सात हजार शेयर सदस्य रहेको सो सहकारीमा पाँच हजार ५०० को हाराहारीमा महिला सदस्य रहेका छन् । महिला सदस्यको हितलाई मध्य नजर गर्दै राहतका कार्यक्रम अघि सारेको हो ।

सहकारी संस्थाले आफ्नो स्वलगानी र सदस्यलाई कर्जा प्रवाह गर्दा एक प्रतिशत कटाई खडा गरेको कोषबाट सदस्यलाई राहत प्रदान गर्दै आएको संस्थाका लघुवित्त कार्यक्रम निरीक्षक सिंहबहादुर शाहीले बताए । उनका अनुसार सदस्यलाई सुत्केरी खर्च दुई बच्चासम्म मात्र रु ५०० देखि रु एक हजारसम्म, सदस्यको मृत्यु भएमा रु एक हजारदेखि रु १५ हजारसम्म तथा सदस्यको श्रीमान्को मृत्यु भएमा रु दुई हजार र दुर्घटनाबाट सदस्यको मृत्यु भएमा रु एक लाखसम्म राहत दिन थालिएको छ ।

चालु आवमा यस संस्थाबाट सुत्केरी खर्च ३२ जनालाई, सदस्यको श्रीमान्को मृत्यु भएका १७ जना र दुर्घटना बीमाबापत एकजनालाई राहत प्रदान गरिएको छ । जिल्लाका छ गाउँपालिका र तीन नगरपालिकामा कार्य क्षेत्र रहेको सो सहकारीका पाँचवटा सेवा कार्यालय रहेको छ । हिमचुली कृषि सहकारी संस्थाले विप्रेषण, लघुवित्त कार्यक्रम, बचत तथा ऋण, वैकल्पिक ऊर्जा कार्यक्रम, सुधारिएको चुलो, कृषि बजारीकरण, दूध डेरी, भेडाबाख्राको आधुनिक खोर निर्माणलगायत कार्यक्रम गर्दै आएको छ ।

यस सहकारी संस्थाले ४० जनालाई रोजगार दिएको छ भने अप्रत्यक्षतर्फ २०० को हाराहारीमा रोजगारीको सिर्जना भएको संस्थाका कार्यकारी निर्देशक भीमप्रसाद बरालले बताउनुभयो । यस सहकारी संस्थाले मंसिर मसान्तमा रु १५ करोड कर्जा प्रवाह, रु एक करोड २६ लाख शेयर पूँजी संकलन गरेको छ भने निक्षेप रु तीन करोड ५० लाख रहेको छ । जिल्लामा १४० वटा सहकारी दर्ता भएपनि क्रियाशील अवस्थामा दुई दर्जन मात्र छन् ।

वि.सं.२०७४ माघ ४ बिहीवार ११:११ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...