Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

बाटो



एक हुल महिलाहरु आर्ट ग्यालरीमा पसे ।
केहीबेर अघि, ग्यालरीमा पसेकी महिला हतार गर्दै निस्किइन ।
‘किन ? प्रदर्शनी हेर्ने होइन ?’ अर्कीले भनिन्।
‘होस हेर्दिन । तस्वीरले पोल्छ मलाई ।’
‘त्यसतो सोच्नु हँुदैन । अब विगत विर्सनुपर्छ । वर्तमानमा हो बाँच्ने ।’ दरिलो स्वर थियो ।
‘तिम्रो जस्तो दह्रो मुटु छैन मेरो ।’ बाहिरतिर पाइला बढाइन्।
अरु महिलाहरु ग्यालरीभित्र पसे ।
म पनि विगत सम्झन चाहन्न । तर ग्यालरीमा पसिसकेपछि तस्वीर नहेरी निस्कन सकिनँ ।
तस्वीरमा सूर्य उदाइसकेको थियो । थरुनी महिलाहरु परम्परागत भेषभूषामा सजिएका ।
चराको चुच्चोमा च्यापिएको माछा जिन्दगीको अन्तिम घडीमा थियो ।
तस्वीरको लालीगुराँस ‘ठूला पधेराको जंगल’मा फूलेको भन्दा राम्रो देखिएको । त्यस कक्षको
अन्तिममा एउटा माझीले डुङ्गामा बसेर हानेको जालले छेकेको सूर्य रातो भएर अस्ताउँदै
थियो ।
आर्ट ग्यालरी जति सिम्बोलिक लाग्छ त्यो भन्दा बढी सिम्बोलिक थियो तस्वीरको लहर ।
युद्ध तस्वीर भएको ठाउमा पुगेँ ।
यी तस्वीरले मृत्युलाई नजिकै ल्याएझै लाग्छ ।
ओढ्ने ओढेकी, निरश अनुहारकी युवतीले बोकेको बन्दुक कतिपनि सुहाएको थिएन । अबोध
लाग्ने अनुहार र बन्दुकको भाषा विलकुलै मिलेन ।
पटट्ट्…. गर्दै बाहिर गोली चलेझै लाग्यो । फेरि सम्झिएँ ‘युद्ध तस्वीर हेरेपछि विगतको
याद मडारिएको होला । किन चल्नु र गोली ? हामी शहर पसिसकेका छांै ।
फेरि त्यही तस्वीर हेरेँ ।
दिक्क लाग्यो । ‘ठ्याक्कै आफ्नै विगत जस्तो ।’ ग्यालरीबाट निस्किएँ ।
नजिकैको सडकभरि हतियार सहितका आर्मी थिए । परपर देखिएको सडकमा एक दुई
ट्राफिक प्रहरी ।
सुनसान सडक ! ग्यालरीमा पस्दासम्म सवारी चल्दैथिए ।
गेटको पालेलाई सोधेँ ‘के भएछ ?
‘भर्खरै गोली चल्यो ? मान्छे पनि मरेछन्। यही चौरमा बसेकी महिला गोली चलेपछि रुँदै
सडकमा पुगिन् । तिनले आर्मीलाई ढुड्गाले हानिनन् । धन्न हतियार सहितको आर्मी
संयमित भए । अरुले उनलाई समाए र अलि पर लगेका छन्।’ जुँघाको रेखी बस्दै गरेको
त्यो पालेले एकै सासमा भन्यो ।
‘आर्मीमाथि किन जाइलागेकी ?’
मैले त्यही मान्छेलाई सोधेँ ।
‘खै ! यहाँबाट कुद्दै गएकी थिइन् ।’ थोरै लजाएझै गर्यो ।
त्यही सडकको बीचमा भएको मान्छेहरुको भीड तर्फ लागेँ ।
तस्वीर हेर्न डराउदै निस्किएकी महिला रहिछन्।
‘काले आर्मी निक्कै दयालु रहेछ । मेरो छोरालाई एकैपटकमा मार्यो ।’
‘त्यो लम्भुले कहिल्यै शान्ति नपाओस, त्यसले बुढोलाई कुटी कुटी घाइते बनायो । धेरै बेर
रुवायो । मेरो दुःख देखायो र पीडा दियो । आखिर मार्ने नै रहेछ । बरु सिधै मारेको भए दुःख
कम पाउथे । विचरा बुढा ! कति दुःख्यो होला ? कठै ।’
उनी ग्वाँग्वाँ रुँन थालीन्।
‘अब मसँग बाँकी केही छैन ।’
‘काखको छोरालाई मारे, कोखकोलाई जन्मनै दिएनन्।’
एकैछिन रोकिइन्।
‘तिनीहरुलाई पनि त्यसैगरी मार्न पाए बुढाको आत्माले शान्ति पाउथ्यो की ?’
भीड क्रमश बढिरहेको छ । केही बेर अघि कामिरहेकी उनको अनुहारमा पसिनाका विमिरा
उठे ।
नाकमाथिको पसिना पुछिन्।
दुईजना महिला आए ।
‘नरोउ कान्ति, लेखेको कसैगरेपनि मेटिदैन ।’ एकजनाले भाग्यलाई दोष दिइन ।
कान्तिले एकपटक वरिपरिको भीडतिर हेरिन् । ‘यी मान्छेहरु भइदिएका भए । बाँच्न त
पाउथे । लम्भुले पिटेको देख्दा कसैको मनमा दया पलाउथ्यो होला । भगवानले पनि न्याय
गर्दैन ।’ बोल्दा बोल्दै थरर कामिन र आफ्नै घुडामा घोप्टो परिन् ।
उनी लामो समय पछि व्यझिएझंै बर्बराइरहेकी थिइन्।
सुन्तलीले रेशमीलाई हेर्दै भनिन्, ‘विचरा कान्ति लामो समयदेखि रुन पनि सकेकी थिइनन्।
यो बन्दुकको आवाजले उनलाई विगत सम्झाइदियो । अब कसरी सम्हाल्ने होला ?’ उफ….
‘किन दुःखीलाई दुःखमात्र थप्छ ? ईश्वर मरेको देश होला । भगवान् भए त हामी गरिबको
पनि कुरा सुन्नुपथ्र्यो ।’
त्यो आर्मी ममाथि चढेको बेलामा निक्कै चिच्याएर, ‘मेरी कालीलाई नछो’ भन्दै विन्ती गरे,
भगवानको नाम जपे र साहारा मागे । तर कसैले सुनेन । उनी मेरै आँखा अघि छट्पटिदा
छट्पटिदै शान्त बने ।
‘बुढा छट्पटिन छोडेपछिको क्षण मलाई केही थाहा छैन ।’
उनी एकोहोरो बोलिरहिन् ।
‘एकजना बुढी आमाले निधारमा पानीपट्टी लगाउँदै गर्दा ब्यूझिएकी थिएँ ।’ कान्तिले ठूलो
श्वास फेरिन्  र आकाशतिर हेरिन्।
सुन्तलीले आखाँभरि आँशु पारेर भनिन्‘मोराहरुका स्वास्नी छोराछोरी पनि होलान ? कसरी
मार्न सकेका ?’
‘मेरो दुःखमा साथ दिदै गाँउमै बसेका बुढालाई आर्मीले कुटी कुटी मारेको देखेर अहिले पनि
बाँच्न मन छैन । नबाँचेर पनि के गर्नु र ? काल नआइ मर्न सकिदो रहेनछ ।’ कान्तिले
मान्छेको भीडको चेपबाट राता आँखाले सडकमा बसेका आर्मीलाई नियालिन् । ‘अब
यिनलाई पनि शान्तिले बाँच्न दिन्न ।’
रुदाँ रुदाँ सुनिएका आँखाबाट आँशु आउन छोडेका छन। निलो बनेको कान्तिको ओठ
सुकेको प्रष्टै देखिन्छ ।
‘म पनि पटक पटक मरेकी छु । अब बाँकी नै के छ र ? एक्लो ज्यान जता पल्टाए पनि
हुन्छ ।’ रेशमीले आफ्नो हात विस्तारै कान्तिको हातमाथि राखिन् ।
‘पाले पुन्य मारे पाप भन्दै बाआमाले रामेको हातमा सुम्पिएका थिए । ११ बर्षको उमेरदेखि
घरधन्दामा लागेँ । मेलापात गरेरै भए पनि खर्च धानेकी थिएँ । ठूलो मान्छे बन्यो भन्थे, तर
गैबार भन्दै अर्की लिएर आयो ।
‘दुईजना छोराछोरी सहित जंगल छेउको बारीमा कटेरो बनाएर राख्यो । त्यही कटेरो छाडेर
जंगल छिरेका छोराछोरी फर्किएनन् । रामेले मेरा छोराछोरीको ज्यान लियो ।’ रेशमी ठूलो
श्वरमा रुन थालीन्।
कान्तिले अंगालो मारिन्। ‘नरोउ अब , रोएर पनि के गर्नु र ? बाँच्नुपर्छ ।
एकपटक आँखा चिम्म गरिन्तर आँशु झारिनन्।
‘मलाई आँशुले धेरै कम्जोर बनायो । अब रुन्न । मर्नु परे मर्छु । कसको लागि बाँच्नु छ र ?
मार्न पछाडि हट्दिनँ ।’
‘अब बुढाको आत्माको शान्ति खोज्नु छ ।’
उनी देख्दादेख्दै कठोर बनेकी थिइन ।
सोचेँ ‘मान्छे विश्वासै नहुने गरी फेरिदो रहेछ । कति चाँडो बदलिएको समय ? उनैलाई हेर्न
थालेँ ।
‘रुदाँरुदाँ आफंैमाथि अन्याय भएको महसुस गरेकी छु । अब आफूलाई मात्र होइन अरुलाई
पनि अन्याय हुन दिन्नँ ।’ कान्ति बसेको ठाँउबाट जुरुक्क उठिन्।
‘उठ रेशमी, हाम्रो आँशुले कसैलाई पगाल्दैन र बगाउँदैन पनि । रोयो भने दया गर्छ
समाजले र पीडा थपिन्छ ।’
हात समाएर भीडबाट बाहिर निस्किइन्।
रेशमीले सानो स्वरमा भनिन्‘हामी कहाँ जाने ?’
कान्तिले रेशमीको हात दह्रोगरी समाउँदै भनिन ‘हेरौ हाम्रो कर्म र भाग्यले जहाँ पु¥याउँछ ।
अहिलेसम्म भनेकै के भएको छ र ? चिताएकै पुगेको भए पो ?’
‘मूलबाटो कहीँ गएर पनि टुंडिगदैन । जहाँ पुग्दा थकाइलाग्छ त्यही बस्नुपर्छ । बाटोको
चौतारीमा शितल ताप्नुपर्छ । धारा र खोलामा बगेको पानी पिउनुपर्छ । तर अन्यायको
बिरुद्धमा लड्नुपर्छ ।’
‘बुढा मरेकै गाँउको बाटोबाट यात्रा सुरु गर्छु ।’ रेशमी र सुन्तलीलाई लिएर कान्ति गाँउतिर
लागिन्।
परैबाट खरले छाएको घर देखाइन् । तर त्यहाँसम्म पुगिनन् । ‘मलाई त्यो घरको छाँयाले
विथोल्छ । किन कि बुढाको आत्माले शान्ति पाएको छैन ।’
उनी फरक्क फर्किन्, गाँउको मूलबाटोतिर ।
‘यही मूलबाटो हो जहाँबाट बर्षौ अघि हाम्रो पुर्खा चारधाम जान्थे ।’
मेरो हजुरबा सुन नून लिन भोट जाने बाटो हो । बुबा राणाको घरमा भान्से बस्न जाँदा
हिँडेको र भाइले मजदुरी गर्न परदेश गएको बाटो यही हो ।’
बेहुली हुँदा सुनौलो जीवनको कल्पना गर्दै हिँडेको । यही बाटो हुँदै धेरै रहरहरु उकालो
लागेका छन्।
रेशमी, मेरी आमाको लास यही बाटो हुँदै घाटमा लगिएको थियो । जहाँ पुस्तौदेखि हाम्रो
रहर, सपना, र अवसानहरु हिँडेका छन्।
यही बाटो हिँडेदै आएका आर्मीले मेरो सुन्दर घरमा डढेलो लगाएका थिए । बुढा र छोराको
लाश ओरालो लगिएको थियो ।
आसा, रहर, कल्पना, अनुभव, निरासा र बिछोडले खारिएको यही बाटो मेरो लागि पनि हो ।
म आत्मविश्वासका साथ अघि बढ्ने छु ।
देउरालीसम्म पुगेकी कान्तिले वर-पिपलको फेदमा बसेर लामो श्वास फेरिन् । बच्चैदेखिको
परिचित हो यो । मलाई बोल्न, हिँड्न र ज्यून सिकाउने यही माटो हो । भनिन्, ‘अब
जिन्दगी भोगेर फर्कन्छु ।’ कान्तिले देउरालीमा ढुङ्गो चढाइन् र उकालो लागिन् ।

[email protected]


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कोपिला वर्देवा, काठमाडौं ।  नवलपरासीको देवचुली नगरपालिका १५ मा रहेको श्री जनज्योती माध्यमीक विद्यालयले

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको