back
CTIZAN AD

मस्कट फेस्टिबलमा नेपाली कला संस्कृति प्रदर्शन

वि.सं.२०७४ माघ ७ आइतवार

933 

shares

सालीक राम आचार्य, मस्कट ओमान । जनवरी १८ बिहिवार देखि शुरु भएको मस्कट महोत्सव Muscat Festival नेपाली कला संस्कृतिको प्रदर्शन गरिएको छ ।

ओमानी लगायतलाई अन्य देशका नागरिकहरु नेपाली राजदूतावासको समन्वय र सक्रियतामा स्थापना गरिएको नेपाली स्टलमा नेपाली हस्तकला, भेषभुषा र सँस्कृती झल्किने खालका सामाग्रीहरु सहित नेपालको पर्यटन प्रवद्र्धनका लागि विशेष आकर्षण गर्ने प्रयत्न स्वरुप विभिन्न पर्यटकीयस्थल र हिमालय क्षेत्रको तस्वीर तथा श्रब्यदृश्य प्रदर्शन गरिएको छ ।
बिहीबार बेलुकी नेपाली राजदूतावासका राजदूत शर्मिला पराजुली ढकालले पानसमा दिप प्रज्वलन गरि नेपाली स्टलको उद्घघाटन गरेकी थिइन् ।

करिब एक महिनासम्म चल्ने महोत्सवमा ओमानमा कृयाशिल नेपाली संघसंस्थाका प्रतिनिधिहरुले दूतावाससँग सहकार्य गर्दै स्टल सञ्चालन गरिरहेका छन् ।

वि.सं.२०७४ माघ ७ आइतवार ०५:४३ मा प्रकाशित