back
CTIZAN AD

नलसिंङगाड जलविद्युत् आयोजनाका डुबान प्रभावित वादी समुदाय मुआब्जाबाट वञ्चित

वि.सं.२०७४ माघ ९ मंगलवार

939 

shares

 

९ माघ, जाजरकोट ।  नलसिंङगाड जलविद्युत् आयोजनाका डुबान प्रभावित क्षेत्रका वादी समुदायले मुआब्जा पाउन सकेका छैन्न ।

नलगाड नगरपालिका–१ दल्लीका १८ घरपरिवार वादी समुदाय मुआब्जा पाउनबाट वञ्चित भएका हुन् । त्रिभुवन उच्च मावि दल्लीको खातामा १८ घरपरिवारको मुआब्जा रकम निकासा भए पनि तीन वर्षदेखि सो रकम वादी समुदायले पाउन सकेको छैन ।

विद्यालयले सो रकम वादी समुदायलाई दिन आनाकानी गदै आएको छ । लामो समयदेखि वादी समुदाय विद्यालयको जमिनमा घर निर्माण गरि बस्दै आएको छ । सो समुदाय बसेको जमिन विद्यालयले आफ्नो नाममा लिएपछि विद्यालयको नाममा नलसिंङगाड जलविद्युत् आयोजनाले रकम निकासा गरेको छ । अहिले सो क्षेत्र आयोजनाले लिएपछि वादी समुदाय घर न घाटको अवस्थामा छ ।

वादी समुदायसँग एक टुक्रा जमिन छैन् । आयोजना र विद्यालयले वादी समुदायलाई मुआब्जा दिने निर्णय गरे पनि तीन वर्षदेखि सो रकम नदिँदा समस्या भएको हो । वादी समुदाय अहिले जीवन निर्वाहका लागि दल्लीमा दैनिक माछा मार्दै आएको छ ।

नलगाड सरोकार समितिका अध्यक्ष तथा जाजरकोट क्षेत्र नं १ का सांसद गणेशप्रसाद सिंहले वादी समुदायलाई तत्काल मुआब्जा दिन आग्रह गर्नुभयो । पहिले गरेका सहमति पालन गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

वि.सं.२०७४ माघ ९ मंगलवार ०८:१२ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...