back
CTIZAN AD

पर्वत जिल्लालाई पुर्ण साक्षर घोषणा गर्ने तयारी अन्तिम चरणमा

वि.सं.२०७४ माघ ९ मंगलवार

888 

shares

माघ, पर्वत । पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी गरिएको छ ।

पर्वत जिल्लाका ६१ वटै वडा दुई हप्ताभित्र पूर्ण साक्षर घोषणा भएपछि यही महिनाभित्र जिल्लालाई नै पूर्ण साक्षर घोषणा गर्ने तयारी अगाडि बढाइएको हो । जिल्ला शिक्षा कार्यालयले गएको जेठभित्रै साक्षर जिल्ला घोषणा गर्ने तयारी गरे पनि सात महिना ढिलो गरी साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।

पर्वतमा रहेका ६१ वडामध्ये हालसम्म ५६ वटा वडा पूर्ण साक्षर घोषणा भइसकेका छन् । बाँकी रहेका कुश्मा नगरपालिका वडा नं १२ लाई माघ १० गते साक्षर घोषणा गरिने र ११ गते मोदी गाउँपालिकाका चार वटै वडा एकै दिन घोषणा गर्ने तयारी भएकोे छ । त्यसपछि माघको तेस्रो साताभित्रै जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी थालिएको हो । अहिलेसम्म माघ १८ मा घोषणा गर्ने योजना भए पनि भोलि बस्ने बैठकले अन्तिम टुंगो लगाउने भएको छ ।

जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक मनोहर विश्वकर्मा पौडेलले पर्वतलाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भएकाले जिल्लाका लागि यो महत्वपूर्ण कार्य भएको बताए । “बाँकी रहेका वडा घोषणापछि एउटा महत्वपूर्ण काम सम्पन्न गर्छौं”, उनले भने “पर्वत जिल्ला आफैँमा शिक्षामा अगाडि भएको जिल्ला हो, घोषणापछि यसलाई पुष्टि गर्न सहज हुन्छ ।”

साक्षर जिल्ला घोषणा गर्न साक्षरताको सूचक ९५ प्रतिशत भए पुग्ने भए पनि कार्यालयले गरेको मूल्याङ्कनमा ९६ दशमलव ६३ प्रतिशत प्रगति भएको देखिएको छ । पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले पढ्न र लेख्न सक्ने, हस्ताक्षर गर्न सक्ने, साइनबोर्ड पढ्न सक्नेजस्ता सूचक पूरा भएमा साक्षर घोषणा गर्ने मापदण्ड छ । । जिल्लामा ७८ हजार २३७ जना साक्षर भएकामा १५ देखि ६० वर्ष उमेर समूहको जनसंख्या ८० हजार ६८४ हुन्छ । सन्तााब्बे प्रतिशत पुग्ने जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिए । साक्षर घोषणा गर्न औपचारिक तथा अनौपचारिक शिक्षा चलाइएको र लक्ष्यअनुसार सबै काम सम्पन्न गर्ने तयारीमा रहेकाले साक्षर जिल्ला घोषणा गरिने पौडेलले बताए ।

वि.सं.२०७४ माघ ९ मंगलवार ०८:४१ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...