back
CTIZAN AD

सिमसारका चरामा उतार–चढाव : कता लोप भए ६ प्रजातिका चरा ?

वि.सं.२०७४ माघ १० बुधवार

1K 

shares

१० माघ, रत्ननगर, चितवन । चितवन चराका लागि मुख्य वासस्थान हो । चरा पर्यटनका लागि आकर्षक गन्तव्य मानिन्छ, चितवनलाई । तर यहाँ चराको प्रजातिमा उतार–चढाव छ ।

यो वर्ष चरा अनुगमन गर्दा एकाएक छ प्रजातिका चरा हराए । सबै हाँस प्रजातिका छन् । सिमसारमा बस्ने सिन्दूरे हाँस, फुर्के, हरिहाँस, सुनचुरी, सोइरोपुच्छ«े र स्वेताखिभौं हाँस फेला परेन ।

“यी चराले लेउ खान्छन्, विषादीले लेउमा असर गरेको हुनसक्छ, चराविज्ञ टीका गिरी भन्नुहुन्छ, “खोला नदी प्रदूषित भएकाले अन्तै गएको हुनसक्छ ।” उत्तरबाट दक्षिण जाने यी चरा चितवन नाघेर दक्षिण गएको अनुमान उहाँको छ ।

हालैको अनुगमनमा चितवन निकुञ्ज पूर्वको सिमसारमा आश्रित कूल ४८ प्रजातिका चरा भेटिए । संख्याका हिसाबले हेर्दा सिमसार क्षेत्रमा पाइने चरा ११ हजार ७९१ वटा फेला परे । बर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष सरस्वती सेढाइ घना बस्ती जल प्रदूषण, विषादीको प्रयोग, जलवायु परिवर्तनलगायत कारणले चरालाई असर गरिरहेको दाबी गर्नुहुन्छ ।

“चरा बचाउनुपर्छ भन्ने चेतना कम छ, चेतनामूलक कार्यक्रम ल्याउनुपर्ने देखिन्छ” सेढाइले भन्नुभयो, पारिस्थितिक प्रणालीलाई कायम राख्न त चराको पनि महत्वपूर्ण भूमिका हुन्छ नि ।” अहिलेको अनुगमनमा सिलसिले र चखेवा मात्रै बढेको पाइन्छ । २०७३ सालमा अनुगमनमा चितवनमा ५४ प्रजातिका चरा भेटिएका थिए ।

त्यो बेला सिमसार क्षेत्रभरि गरेर कूल १० हजार ३२ चरा अभिलेख गरिएको थियो । २०७२ सालमा पानीमा आश्रित चरा ५० प्रजातिका थिए । उक्त समयमा कूल ११ हजार २६० वटा चरा फेला परेका छन् । २०७१ सालको तथ्यांकमा ४७ प्रजातिका चरा फेला परेका थिए । संख्या घटबढभन्दा पनि प्रजाति नै हराउनु ठूलो संकट हो ।

यो समयमा जाडो छल्न चरा नेपाल आउने गर्छन् । बाहिरबाट झण्डै १५० प्रजातिका चरा जाडो छल्न आउने गरेका छन् । जसमा हाँस प्रजाति मात्रै २२ भन्दा बढीका हुन्छन् । त्यसैले यही समयमा चराको अनुगमन हुन्छ ।

बसाइँ सरेर आउने १५० मध्ये जल क्षेत्रमा बस्ने ५० भन्दा बढी प्रजाति छन् । सगरमाथा नाघेर चरा नेपाल आएका छन् । पछिल्लो चार वर्षको तथ्यांक हेर्दा चरामा उतारचढाव देखिन्छ । चार वर्षदेखि बढ्दो क्रममा रहेको चरा यसपालि ह्वात्तै घटेर पुरानै अवस्थामा पुग्यो । अहिलेको अवस्थाले त्यती नराम्रो नभइसके पनि संकेत भने नराम्रो गरेको बताउनुहुन्छ, सोसाइटीका प्ूर्वअध्यक्ष तथा चराविज्ञ वासु विडारी । मुख्य गरी नदीमा ढल हाल्ने, प्रदूषणलगायत कारणले समस्या परेको उहाँको ठम्याइ छ ।

प्रकृतिसँगै चराको वासस्थान विनास तथा जलवायु परिवर्तनका कारण चराको अवस्थामा वार्षिक उतारचढाव आइरहेको छ । पक्षीविद् संघ नेपालका अध्यक्ष डा हेमसागर बराल पनि चरामा उतारचढाव भइरहेको बताउनुहुन्छ । घट्दो क्रमलाई कसरी रोक्ने भन्नेमा सरकारी ध्यान पुग्न नसकेको उहाँको तर्क छ । उहाँका अनुसार वासस्थान विनास, आहारा प्रजातिमा विभिन्न समस्यालगायत कारणले चरा संरक्षणमा चुनौती थपिँदो छ ।

चितवनमा पाइने चरामध्ये करिब ६० प्रतिशत जल क्षेत्र र निकुञ्ज आसपासमा भेटिन्छन् । नेपालमा ८८७ प्रजातिका चरा पाइनेमध्ये अधिकांश चितवनमा पाइन्छ । पछिल्लो तथ्यांकअनुसार चितवनमा ६३३ प्रजातिका चरा छन् ।
चराको संरक्षण र अनुसन्धानमा भने नेपालमा खासै काम हुन नसकेको भन्दै चरा विज्ञको गुनासो छ । यसपालि निर्वाचित सांसदलाई पनि चरा अनुगमनको प्रतिवेदन बुझाउने योजना चरा विज्ञको छ ।

वि.सं.२०७४ माघ १० बुधवार १०:२० मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...