back
CTIZAN AD

गाईपालनबाट लाखौँ आम्दानी गर्दैै पाल्पाका किसान

वि.सं.२०७४ माघ १० बुधवार

999 

shares

१० माघ, रामपुर, पाल्पा । माथागढी गाउँपालिका–२ रुप्से गाउँका २८ परिवारको आयस्रोत नै गाईपालन व्यवसाय बनेको छ ।

एउटा परिवारले न्यूनतम दुईदेखि नौ वटासम्म जर्सी र होलस्टिन जातका माउ गाई पालेको छ ।  गाईपालनबाट उनीहरुको लाखौँ आम्दानी गर्दैआएका छन् । दूध बिक्रीबाट प्रतिपरिवारले मासिक रु ३० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्ने गरेका छन् । जिल्ला पशुसेवा कार्यालयले दूधको उत्पादन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरेको डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ कार्यक्रमबाट उत्साहित भई कृषकले व्यावसायिक प्रणालीबाट गाईपालन व्यवसाय शुरु गरेका हुन् ।

कृषकलाई व्यावसायिक पशुपालनमा आकर्षित गराउन पशुसेवा कार्यालयले यहाँ २०६७ मा डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ अभियान शुरु गरेको हो । सो कार्यक्रमका लागि कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत एक घरपरिवारलाई रु दुई हजार पाँच सय र गाई ढुवानी खर्चबापत रु एक हजार अनुदान रकम सहयोग गरेको पशुस्वास्थ्य प्राविधिक शेरबहादुर रानाले बताए ।

उक्त क्षेत्रबाट दैनिकजसो ५०० लिटरभन्दा बढी दूध बजारमा खपत हुँदै आएको छ । दूध बिक्री गर्न थालेपछि यहाँका कृषकको दैनिकी फेरिँदै गएको छ । जीवलाल अर्यालले विदेशबाट फर्केर गाईपालन व्यवसायबाट अहिले मासिक रु एक लाखको हाराहारीमा कमाइ गर्नुहुन्छ गर्छन् । उनले सातवटा गाईबाट दैनिक ८० लिटर दूध बिक्री गर्ने गर्छन् ।

त्यस्तै यमबहादुर रिजालले दैनिक ५० लिटर दूध बिक्री गरेर मासिक रु ८० हजार आम्दानी गर्दैआएका छन् । उनले पनि विदेशबाट फर्केलगत्तै सो व्यवसाय शुरु गरेका हुन् ।

दूध बिक्री गरेर छोराछोरीलाई उच्च शिक्षा दिन र घरखर्च चलाउन सजिलो भएको कृषक कृष्ण भट्टराई बताउछन् । उनले दैनिक छवटा गाईबाट ८० लिटर दूध बिक्री गर्छन् । एक महिनामा दूध बिक्रीबाट रु एक लाखको हाराहारीमा आम्दानी लिँदै आएको भट्टराईले बताए ।

पहिले यहाँका कृषक अन्नबाली, गेडागुडी लगाएर सामान्यरुपमा जीवन गुजारा गर्न बाध्य थिए । अहिले दूध बिक्रीबाट नसोचेको आम्दानी भित्र्दै जाँदा कृषक आफैँ दंग छन् । कृषकको सहजता र व्यवसायमा हौसला बढाउन डुम्रे दुग्ध उत्पादक सहकारीले घरदैलोमै पुगेर दूध खरिद गरेपछि कृषकलाई दूध बिक्री गर्न सहज भएको छ ।

वि.सं.२०७४ माघ १० बुधवार १०:५४ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

घोडाघोडी (कैलाली), । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...