back
CTIZAN AD

नेपाल टेलिकम बागलुङ द्वारा २२ लाख बक्यौता असुल

वि.सं.२०७४ माघ १२ शुक्रवार

966 

shares

१२ माघ, बागलुङ ।   नेपाल टेलिकम बागलुङ कार्यालयले दुई महिनाको अवधिमा रु २२ लाख बक्यौता रकम असुल गरेको छ ।

धवलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ग्राहकबाट सो रकम असुल गरेको हो । अझै रु ४० लाख बक्यौता ग्राहकबाट उठाउन बाँकी रहेको कार्यालयका लेखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिनुभयो ।

“पाँच सयभन्दा बढी ग्राहकले पुरानो बक्यौता तिर्न बाँकी छ,” उहाँले भन्नुभयो– “ठूलो रकम भएका एक सयभन्दा बढी ग्राहकले बक्यौता बुझाएका छन् ।”

टेलिकम कार्यालयले २०७२ साल असार मसान्तसम्मको बक्यौतामा जरिवाना छुट दिएपछि तिर्नेको संख्या बढेको छ । कार्यालयले यस वर्षलाई पुरानो बक्यौता उठाउने वर्षको रुपमा लिएको छ । छुटको घोषणा नहुँदै बागलुङ कार्यालयले बक्यौता रकम उठाउन अभियान थालेको थियो । धवलागिरि क्षेत्रमा २०५८ सालदेखि ग्राहकले बक्यौता तिर्न बाँकी रहेको कार्यालय प्रमुख केशव शर्माले बताउनुभयो ।

रकम नतिर्नेमा ठूला व्यवसायी, दलका नेता र प्रतिष्ठित् व्यक्ति समेत छन् । कार्यालयले पत्राचार गर्नेदेखि सार्वजनिक सूचना जारी गरेर ग्राहकलाई बक्यौता रकम तिर्न आग्रह गर्दैआएको छ । “वर्षौं अघिदेखिका ग्राहक पत्ता लगाएर ताकेता गरिरहेका छौंँ,” उहाँ भन्नुभयो । कतिपय सरकारी कार्यालय, संस्थान र परियोजनाले बक्यौता रकम तिर्न बाँकी छ ।

एउटाको नाममा रहेको टेलिफोनको प्रयोगकर्ता अर्कै रहेका कारण बक्यौता उठाउन समस्या हुने गरेको कार्यालयले जनाएको छ । माघ मसान्तसम्म जरिवाना छुटको व्यवस्था गरेकोले बक्यौता तिर्नेको संख्या बढ्ने देखिएको छ । नेपाल टेलिकमले ल्याण्ड लाइन फोनमा ‘क्रेडिट लिमिट’ प्रणाली अपनाएकाले अबदेखि ग्राहकको नाममा बक्यौता रकम नरहने कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

वि.सं.२०७४ माघ १२ शुक्रवार ०८:४६ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...