१२ माघ, काठमाडौँ । मोडलिङ क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको मोडलिङ स्कुल नेपालको आयोजनामा सन्चालित मिस्टर एण्ड मिस कलिउड नेपालको फाईनल शनिवार अर्थात भोली हुदैँ छ ।
यस अघि विभिन्न खाले प्रतिस्पर्धाबाट छनोट भएर आएका ३० प्रतियोगी फाईनलमा प्रतिस्पर्धा गर्ने छन् ।
फाईनलको लागि छनोट भएका ३० प्रतियोगीको विभिन्न खाले प्रतिभा, नेतृत्व क्षमता, तथा अन्य सुचकहरुको आधारमा प्रतियोगिताको विजेताको टुंगो लगाईने ईभेन्टका आयोजक तथा मोडलिङ स्कुल नेपालका सिईओ गिनिज भट्टराईले जानकारी दिए । उक्त ईभेन्ट राजधानीको नयाँबजार स्थित गोल्डेन ड्रागन ब्यांक्वेटमा हुने छ ।
वि.सं.२०७४ माघ १२ शुक्रवार ०८:३७ मा प्रकाशित






























