back
CTIZAN AD

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

वि.सं.२०८३ वैशाख ३ बिहीवार

627 

shares

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा रहेको नयाँ गीत “चाहिदैन सम्पत्ति” सार्वजनिक भएको छ। राजेश बर्देवाकै शब्द तथा संगीत रहेको उक्त गीतलाई एच.बि.एन. किस्मतले एरेन्ज गरेका हुन् भने स्टुडियो वान डीबीमा रेकर्ड गरिएको हो।

गीतको भिडियोतर्फ चलचित्र अभिनेता पुष्प खड्का र डान्सर तथा मोडल सृष्टिना क्षेत्रीले अभिनय तथा नृत्य प्रस्तुत गरेका छन्। भिडियोमा उनीहरूको केमेस्ट्री र प्रस्तुति आकर्षक देखिन्छ।

रुपेश थापाले छायांकन गरेको भिडियोमा मिलन बिकको सम्पादन रहेको छ। निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका छन्।

उक्त गीत तथा भिडियो गायक राजेश बर्देवाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। फ्रान्समा रहेका टिका अधिकारीले आफ्नी छोरीलाई जन्मदिनको उपहारस्वरूप यो गीत निर्माण गराएको बताइएको छ।

वि.सं.२०८३ वैशाख ३ बिहीवार १२:०६ मा प्रकाशित

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...