back
CTIZAN AD

विद्यालय र बालबालिका क्षेत्रमा रु ३५ लाख बजेट

वि.सं.२०७४ माघ १३ शनिवार

873 

shares

१३ माघ, इलाम । माङ्सेबुङ गाउँपालिकाको प्रथम गाउँसभाले विद्यालय सुधार कार्यक्रम तथा बालबालिका क्षेत्रमा रु ३५ लाख बजेट पारित गरेको छ ।

गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले एसइइ कक्षा सञ्चालन, अंग्रेजी माध्ययमा कक्षा सञ्चालनका लागि प्रोत्साहन, धार्मिक विद्यालयलाई अनुदान, विद्यालय दिवा खाजा र बालबालिकाका क्षेत्रका अन्य कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।

महेन्द्रोदय मावि गजुरमुखी, इभाङ मावि इभाङ, चिसोपानी मावि बाँझो, जीवनज्योति मावि चतुरे, दुर्गा मावि आदिपुरे, सरस्वती मावि भालुटार र विद्या सिर्जनात्मक माविलाई रु एक एक लाखका दरले रकम प्रदान गरिएको हो । उक्त बजेटले एसइइ परीक्षा तयारी गरिने विद्यालयले जनाएका छन् ।

त्यस्तै गरी तीन विद्यालयलाई अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्नका लागि रु एक लाखका दरले बजेट प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराजा पौडेलले जानकारी दिए । धार्मिक अनुदानतर्फ किराँत साम्जिक मुन्धुम वेदशालाका लागि रु एक लाख ५४ हजार बजेट प्रदान गरिएको छ । यस्तै विद्यालय सुधार तथा मर्मत कार्यक्रममा यहाँका २४ वटा विद्यालयलाई रु १७ लाख ८० हजार बजेट दिइएको छ ।

छात्रवृत्ति पाउनबाट वञ्चित

फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका निखिल लिम्बू अपांगता भएका बालक हुन् । सानै उमेरमा ओठमा घाउ भएको छ । उनको तल्लो ओठमा ठूलो घाउ र जिब्रो सुन्निएको छ । उनको अपांगता परिचयपत्र नहुँदा छात्रवृत्तिबाट उनी वञ्चित छन् । घरपरिवार र विद्यालयले परिचयपत्र बनाउन पहल नगर्दा छात्रवृत्ति पाउनबाट वञ्चित भएका हुन् ।

फाकफोकथुम गापा–३ की मनिषा अधिकारी पनि परिचयपत्र नहुँदा छात्रवृत्ति पाउनबाट वञ्चित छिन् । तीन चार वर्षअघिदेखि दाहिने खुट्टामा समस्या भएपछि अपांगता भएकी मनिषाको परिचयपत्र बनाउन कसैले पहल गरेको थिएन । जनचेतनाको अभाव र सरल पहुँच नहुँदा धेरै विद्यार्थी परिचयपत्र नहुँदा जिल्ला शिक्षा कार्यालयले प्रदान गर्ने छात्रवृत्ति पाउनबाट वञ्चित हुनुपरेको छ ।

चालु शैक्षिक सत्रका लागि २५० विद्यार्थीका लागि रु ४६ लाख ४१ हजार विनियोजन गरिएको छ । कार्यालयमार्फत पहिलो चौमासिकमा ८३ बालबालिकाले छात्रवृत्ति पाइसकेका छन् । दोस्रो चौमासिकमा छात्रवृत्तिका लागि ४० जनाले मात्र निवेदन दिएको जिसिका इलाम योजना शाखाका निर्मल ढुंगेलले जानकारी दिए । अझै पनि जिल्लामा १२७ जनाका लागि छात्रवृत्ति रकम बाँकी नै छ ।

दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत अपांगता भएका करीब २०० भन्दा बढी विद्यार्थी परिचयपत्र नभएकै कारण छात्रवृत्तिबाट वञ्चित हुने गरेको जिसिकाले जनाएको छ । कतिपयलाई छात्रवृत्तिका विषयमा जानकारी नहुने र जानकारी भए पनि सोझै अभिभावकका हातसम्म नपुग्ने गरेकाले पनि परिचयपत्र बनाउन अभिभावकले चासो नदिएको हुन सक्ने जिसिका इलामका लेखाजोखा केन्द्रका प्रमुख प्रकाश चापागाईं बताउँछन् ।

छात्रवृत्तिका लागि जिसिकाले अपांगता परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र नभएकाहरुको अघिल्लो आवमा १७ लाख ६४ हजार र गत आवमा ठूलो रकम फ्रिज भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

महिला बालबालिका कार्यालयले विभिन्न कार्यालयको संयोजनमा जिल्लामा विभिन्न स्थानमा सञ्चालित घुम्ती शिविरमा समेत अपांगता परिचयपत्र वितरण गर्दै आएको महिला बालबालिका कार्यालयका अधिकृत भगवती घिमिरेले बताए । करूणा फाउण्डेशनले पनि महिला बालबालिका कार्यालय, चिकित्सकको समन्वयमा जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा अपांगता पहिचान शिविर सञ्चालन गरेर अपांगता भएका सबैलाई परियचपत्र वितरण गर्दै आएको छ ।

वि.सं.२०७४ माघ १३ शनिवार ०३:१२ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...