back
CTIZAN AD

मनाङमुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

वि.सं.२०७४ माघ १३ शनिवार

939 

shares

१३ माघ, ललितपुर । हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन् ।

एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजनामार्फत ती जिल्लाका किसानले माछा पाल्न थालेका छन् । पर्यटन र स्थानीय आत्मनिर्भरताको उद्देश्यले ट्राउट पालन कार्यक्रम शुरु भएको परियोजनाका निर्देशक विजयकान्त झाले बताए ।

एघार जिल्लामा ट्राउट पालनको सहायक परियोजना सञ्चालनमा छन् । अरु आठ जिल्लामा पहिलेदेखि नै पालन हुँदै आए पनि तीन जिल्लामा परियोजनाले शुरु गरेको निर्देशक झाले बताए । त्यस क्षेत्रमा ट्राउट साढे दुई किलोसम्मको हुने गरेको छ । पर्यटन व्यवसायीले एक माछाको रु ३००\४०० सम्ममा बेच्ने गरेका छन् । उनले भने, “पर्यटकले अरु कुरासँगै ताजा ट्राउट खान पाएका छन् भने व्यवसायीले पनि राम्रो आम्दानी गरिरहेका छन् ।”

छ वर्ष पहिले उच्च पहाड र हिमालका १० जिल्लामा परियोजना शुरु भएको थियो । स्थानीयवासीले गर्दै आएको कृषि र पशुपालनलाई नै व्यावसायिक बनाउन परियोजनाले अनुदान सहयोग गर्दै आएको छ । परियोजनाले दुई हजार फिटभन्दा तलका क्षेत्रमा परियोजनाको २० प्रतिशत र किसानको ८० प्रतिशत तथा त्यसभन्दा बढी उचाइका ठाउँमा किसानको र परियोजना दुवैको ५०÷५० प्रतिशत लगानीमा विभिन्न सहायक परियोजना सञ्चालन गरेको छ ।

वि.सं.२०७४ माघ १३ शनिवार ०३:१८ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...