back
CTIZAN AD

दुर्लभ पाटेबाघको संख्या दोब्बर हुन सक्ने

वि.सं.२०७४ माघ १६ मंगलवार

864 

shares

१६ माघ, वीरगञ्ज । जैविक विविधताले भरिएको प्रदेश नं २ को एकमात्र पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या दोब्बर हुन सक्ने अनुमान निकुञ्ज प्रशासनले गरेको छ ।

सन् २०२० सम्ममा पाटेबाघको संख्या दोब्बर बनाउने सरकारको लक्ष्यअनुरुप पर्सा राष्ट्रिय निकुञ्जमा तेस्रो पटक बाघ गणना शुरु भएपछि पाटेबाघको उपस्थितिका आधारमा यसको संख्या दोब्बर हुन सक्ने अनुमान गरिएको हो । सन् २०१३ को बाघ गणनाअनुसार उक्त निकुञ्जमा पाटेबाघको संख्या सात थियो ।

विगत दुई महिनादेखि शुरु गरिएको पाटेबाघको गणनाअन्तर्गत बाघको गतिविधि, वासस्थानजस्ता ठाउँमा चहलपहल देख्दा बाघको संख्या दोब्बर हुने निकुञ्जका संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए ।

बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जभित्र १६७ स्थानमा गरी ३०० स्वचालित क्यामेरा जडान गरिएको छ । बाघको वासस्थान पहिचान गर्न निकुञ्जभित्र सात वटा हात्ती तथा कर्मचारीलाई परिचालन गरिएको र ती कर्मचारीको भनाइअनुसार निकुञ्जभित्र पाटेबाघको उपस्थिति राम्रो रहेकाले यसको संख्या दोब्बर हुने अनुमान गरिएको हो ।

पथलैया–अमलेखगञ्ज–९ किमी सडकखण्डमा सवारी साधन ओहोरदोहोर गर्ने गर्दा बाघको सुरक्षामा चुनौतीसमेत थपिएको छ भने अर्कोतिर पथलैया वरिपरि रहेको उद्योग कलकारखानाबाट निस्कने धुवाँ धुलोका कारण पर्या–पर्यावरणमा नकारात्मक प्रभाव पर्न गई निकुञ्जमाथि थप चुनौती बढ्न गएको बताइएको छ ।

पर्सादेखि पश्चिमको कञ्चनपुरसम्म रहेको आरक्ष तथा निकुञ्ज बाघका लागि उपयुक्त स्थान मानिएको छ । पछिल्लो राष्ट्रिय तथ्यांकअनुसार पर्सामा सात, बाकेमा चार, शुक्लाफाँटामा १७, बर्दियामा ५० तथा चितवनमा १२० वटा बाघ रहेको छ ।

६२७।२९ वर्गकिलोमिटरमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज जैविक विविधता र लोपोन्मुख जनावर चराचुरुङ्गीका लागि प्रख्यात छ ।

वि.सं.२०७४ माघ १६ मंगलवार ११:२७ मा प्रकाशित

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...

आधा दर्जन पुल अलपत्र

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट) । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...