back
CTIZAN AD

 चलचित्र ‘फाटेको जुत्ता हङकङमा प्रदर्शन,प्रदर्शनबाट उठेको रकम मृगौला पीडितलाई 

वि.सं.२०७४ माघ १६ मंगलवार

867 

shares

मुक काजी (काजी) गुरुङ, हङकङ

२८ जनवरी २०१८ का दिन याउमा तेईस्थित कम्यूनिटी हलमा नेपाली कथानक चलचित्र ‘फाटेको जुत्ता प्रदर्शन भएको छ । दुवै मृगौला काम नलाग्ने भएर रोगग्रस्त ओमदेवी गुरूङलाई औषधी उपचारको लागि यस फिल्म प्रदर्शनबाट संकलित रकम नेरू ५ लाख कार्यक्रम स्थलमै डमी चेकको रूपमा हङकङ नेपाली युवा संघका अध्यक्ष विक्की गुरूङले पीडितका आमालाई बुझाएका हुन।

यसै क्रममा नेपालको स्याङ्जा जिल्लाभित्र पर्ने भिरकोट आठथर तमु समाजमा आवद्ध समाजकै सचिव मुक काजी (काजी) गुरुङको सकृयातामा समाजका बिभिन्न ब्यक्तित्वहरु र केही अन्य ब्यक्तित्वहरुबाट संकलित रकम हङकङ डलर १०,८५६ ९ नेरु लगभग १ लाख ५० हजार० पनि समाजकै सल्लाहकार चेत बहादुर गुरुङ र उपाध्यक्ष दिल कुमार गुरुङले संयुक्त रुपमा पीडितका आमालाई बुझाएका छन। यसरी प्रवासमा रहेर पनि नेपालमा रहेका दुखी तथा पीडितहरुको लागि केही मात्रमा भए पनि चलचित्र प्रदर्शनबाट आएको शत प्रतिशत रकम आज हङकङ नेपाली युवा संघका अध्यक्ष विक्की गुरूङले पीडितका आमालाई बुझाउंदै एउटा उदाहरणीय काम गरेका छन। स्मरण रहोस चलचित्र फाटेको जुत्ताका आयोजक नै उनै विक्की गुरुङ हुन।

निकेश खड्काद्वारा निर्देशित फाटेको जुत्ता चलचित्रका निर्माता अर्जुन कुमार रहेका छन भने सौगात मल्ल, कामेश्वर चौरासिया, प्रियंका कार्की, रविन्द्र झाले यस चलचित्रमा अभिनय गरेका छन।

वि.सं.२०७४ माघ १६ मंगलवार १०:५९ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...