back
CTIZAN AD

गाउँपालिका अध्यक्षले दुईवटा नागरिकता लिएको भन्दै उजुरी

वि.सं.२०७४ माघ १८ बिहीवार

870 

shares

१८ माघ, रोल्पा । रोल्पा सुकिदह गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको दुईवटा नागरिकता भएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी परेको छ ।

एउटै व्यक्तिले दुईवटा नामबाट नागरिकता लिएकाले छानबिन गरी कारबाही गरिपाऊँ भन्दै स्थानीय हरिबहादुर पुनले बुधबार जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी दर्ता गराएका हुन् ।

२०४२ साल मंसिर १० गते जिल्ला प्रशासन कार्यालय, रोल्पाबाट भिउदे खत्रीको नाममा नाप्रनं ३८९२ बाट नागरिकता लिएको र २०४६ साल वैशाख ५ गते नागरिकता टोलीमार्फत गाउँबाटै नाप्रनं १८६ बाट वीरबहादुर खत्रीको नामबाट नागरिकता लिएको देखिएकाले छानबिन गरी कारबाही गर्न उजुरी पत्रमा माग गरिएको छ ।

एकै व्यक्तिको दुईवटा नामबाट नागरिकता लिएको भन्दै छानबिन गरी कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको प्रजिअ डा डिजन भट्टराईले जानकारी दिए । उजुरी परेपछि दर्ता गर्ने र अनुसन्धान प्रक्रिया अगाडि बढाउने आफ्नो कर्तव्य भएकाले सोही अनुसार गर्ने डा भट्टराईको भनाइ छ ।

“झुटा विवरण पेश गरी एउटै व्यक्तिले दुईवटा नागरिकता लिएको हुँदा गाउँको आमभेलाको निर्णयअनुसार कारबाहीका लागि स्थानीय प्रशासनमा उजुरी गरेका हौँ”, उजुरीकर्ता हरिबहादुर पुनले भने । सम्पूर्ण प्रमाण संलग्न गरी उजुरी गरेको पुनले बताए । २०४० सालमा मृत्यु भएका भाइ वीरबहादुर खत्रीको नामबाट गाउँपालिकाका अध्यक्षले दोस्रो पटक नागरिकता लिएको पुनले बताए ।

सो बारे जानकारी लिन गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीसँग पटक पटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

वि.सं.२०७४ माघ १८ बिहीवार ०८:०९ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...