back
CTIZAN AD

गरिबको परिचयपत्र पाउनबाट वास्तविक गरिब नै बञ्चित

वि.सं.२०७४ माघ २० शनिवार

780 

shares

२० माघ, बाजुरा । सरकारले गरिब परिचयपत्र वितरण गरेको भए पनि बाजुरामा अझै वास्तविक गरिबले गरिब परिचयपत्र पाउन सकेका छैनन् ।
बाजुराको स्वामीकार्तिक गाउँपालिकामा वितरण गरिएको गरिब घरधुरी परिचयपत्र नामावलीमा वास्तविक गरिवले परिचयपत्र नपाएको स्थानीयले गुनासो गरेका छन् । गाउँपालिकामा रहेका गरिबले परिचयपत्र पाउनुपर्ने भए पनि पहँुचका आधारमा आर्थिक समृद्ध भएकाले पाएको ४ नं वडाध्यक्ष कासीराम थापाले बताए ।

गाउँपालिकामा रहेका कुनै न कुनै रोजगारी भएका घर परिवारका रुपमा सूचीकृत भएको र पाउनै पर्ने दलित तथा वास्तविक गरिब घर परिवारको नाम छुटेको उनले बताए ।

उत्तरी भेगमा रहेको स्वामीकार्तिक गाउँपालिकाका एक हजार ६४५ घर परिवारलाई गरिब घरधुरी परिचयपत्र वितरण गर्नुपर्ने भए पनि सोही गाउँपालिकाका–४ का पलला संज्याल, विशाख कठायत, सगुन्या नेपाली ५ नं वडाका विउरा विक, कर्णवीरे विकलगायतको गरिब परिचयपत्रमा नाम उल्लेख नभएको गाउँपालिका लेखा सहायक कर्णवीर बुढाले जानकारी दिए । जिल्लाका शिक्षक, कर्मचारी र रोजगार व्यवसायमा लागेको गरिब घरधुरीमा नाम संकलन तथ्यांक त्रुटिपूर्ण रहेको बुढाले बताए । सीमित व्यक्तिलाई सोधपुछ गरी तत्कालीन जिविसका कर्मचारीले तथ्यांक लिएको हुँदा वास्तविक गरिब छुट्न गएको बुढाको भनाइ रहेको छ ।

स्वामीकार्तिक ४ नं वडाबाट शुरु गरिएको गरिब परिचयपत्र वितरणमा हालसम्म १५० घरधुरीलाई परिचयपत्र वितरण गरिएको बताइएको छ । ७ नं प्रदेशको कैलालीको मोहन्याल गाउँपालिका र बाजुराको स्वामीकार्तिक गाउँपालिकाबाट गरिब परिचयपत्र वितरण थालिएको हो ।

वि.सं.२०७४ माघ २० शनिवार ०७:०९ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...