back
CTIZAN AD

तीन हजारलाई स्मार्ट लाइसेन्स वितरण

वि.सं.२०७४ माघ २० शनिवार

891 

shares

२० माघ, कैलाली । साउन महिनाबाट स्मार्ट लाइसेन्स वितरण कार्य शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै तीन हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ ।
सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्ण भुसालले चालू आर्थिक वर्ष २०७४÷०७५ माघ १८ गतेसम्म स्मार्ट लाइसेन्सका लागि छ हजार १०३ जना आवेदकले आवेदन दिएको र सोही मितिसम्म दुई हजार ९२४ थान लाइसेन्स वितरण गरेको बताए ।

उनले पुरानो लाइसेन्स नवीकरण गर्नेलाई स्मार्ट लाइसेन्स वितरण गरिँदै आए पनि नयाँ लाइसेन्सको पनि यही माघ महिनाभित्रै स्मार्ट लाइसेन्स वितरण गर्नका लागि प्रक्रिया अघि बढिसकेको बताए ।

यसैगरी सेती अञ्चल यातायात व्यवस्था कार्यालयले अटोरिक्साको पनि लाइसेन्स वितरण थालिसकेको र विद्युतीय रिक्साको भने निकट भविष्यमै सो प्रक्रिया पनि शुरु गर्ने तयारी रहेको यातायात व्यवस्था कार्यालय जनाएको छ ।

यसैगरी सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू आवको छ महिनामा रु १८ करोड, ६९ लाख ९१ हजार ६९ राजश्व संकलन गरेको जनाएको छ ।

वि.सं.२०७४ माघ २० शनिवार ०७:०५ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...