
द्रष्टव्य
नेपाली गजल, निबन्ध, र कथा साधनामा नविनता, मौलिकता, स्वछन्दता, र स्वचैतन्यका विशिष्ट धरातल निर्माण गरी तीहरूका अस्तित्ववृद्धिमा अनेक अनेक कथ्य, चरित्र, बिम्ब, पात्र, र प्रवृत्तिहरूको न्यायिक प्रयोगबाट नेपाली साहित्यमा अग्रचेतना र मार्गदर्शन सहित दृडता, स्पष्टता, पारदर्शीता, र इमान्दारिता मुखारितमा जीवनभर कहिल्यै कतै पनि विवादमा नतानुभएका नेपाली साहित्यका सम्माननीय आदर्शपूरूष, आदरणीय मनु ब्राजाकीको शोक, सम्झना, र सम्मानमा उहाँको १३औं पूण्य तिथिका दिन फागुन ०३ गते बुधबारको दैनिकी साहित्यकार मनु ब्राजाकी विशेष प्रकाशन गरिने भएको अनुरोध गरिन्छ ।
उहाँसँगका भलाकुसारी, अविष्मरणीय पल, अथवा उहाँमाथि समर्पित कुनै साहित्यिक रचना भएमा उक्त विशेष श्रृंखलामा प्रकाशन गर्नका निम्ति हामीलार्इ इमेल गरी पठाउन अनुरोध गर्दछाैं । रचना [email protected] मा पठाउन सक्नु हुने छ ।
साहित्य विभाग
संसार न्युज डटकम तथा एेक्यबद्धता मासिक