back
CTIZAN AD

रु दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै

वि.सं.२०७४ माघ २० शनिवार

687 

shares

२० माघ, काठमाडौं । धितोपत्र बजारमा एकै पटक रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर निष्काशन हुने भएको छ ।
रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले आगामी फागुन ११ गतेदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर संरचना तथा लगानीसम्बन्धी जानकारी पेश गरेपछि सीमित साधारण शेयर जारी गर्ने तयारी गरिएको हो । सोही जानकारी बुझाउन केही समय लागेका कारण सीमित साधारण शेयर बिक्री गर्ने अवधिक एक महिना पर सरेको थियो ।

“हामीले सबै निकायबाट स्वीकृति प्राप्त गरिसकेका छौँ, आगामी फागुन ११ गतेदेखि कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका पाँच लाख बढी कर्मचारी, सञ्चयकोषका कर्मचारी तथा रसुवा जिल्लाका साविक गाविसका कर्मचारी र रसुवा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीले शेयरमा आवेदन दिन सक्नेछन्” रसुवागढी आयोजनाका प्रमुख माधव कोइरालाले भने ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा रहेका साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीले एकै पटक एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने भएपछि आवेदनकर्तालाई समेत सहज हुने विश्वास लिइएको आयोजना प्रमुख कोइरालाको भनाइ छ ।

ती दुवै आयोजनामा कर्मचारी सञ्चयकोषको लगानी भएकाले कोषमा कार्यरत कर्मचारीले भने अरु सञ्चयकर्ताको तुलनामा बढी शेयर पाउने भएका छन् । सञ्चयकर्ताले साञ्जेन जलविद्युत् कम्पनीको बढीमा ३०० कित्ता शेयर आवेदन गर्न सक्नेछन् भने रसुवागढीका लागि बढीमा ५०० कित्ता शेयर आवेदन गर्ने व्यवस्था मिलाइएको छ ।

तर कोषका कर्मचारीले भने दुई हजार ५०० कित्तासम्म साधारण शेयरमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । यो व्यवस्थालाई केहीले भने विभेद भएको भन्दै गुनासो गर्ने गरेका छन् ।

रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ । कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई एक करोड ६४ लाख २१ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।
रसुवागढी हाइड्रोको साधारण शेयर निष्काशनको बिक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एसनआइबीएल क्यापिटल लिमिटेड रहेका छन् ।

रसुवागढीले पहिलो चरणको साधारण शेयर निष्काशन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी रु एक अर्ब ७५ करोड बराबरको साधारण शेयर बिक्री गर्नेछ ।

रसुवागढीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । रसुवागढी हाइड्रोले कुल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ । आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको छ ।

आयोजना सन् २०१९ को डिसेम्बरमा सक्ने गरी कार्ययोजना बनाइएको छ । आयोजनाको निर्माण चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशनले गरिरहेको छ । यस्तै इलेक्ट्रोमेकानिकलतर्फ भारतको भ्वाइथ हाइड्रो लिमिटेड रहेको छ ।

कूल रु १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चयकोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी तीन दशमलव पाँच प्रतिशत एवं सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ ।

यस्तै साञ्जेन जलविद्युत् कम्पनीले रु ८७ करोड ६० लाख बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ । सो कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानीकोष रहेको छ । रसुवामा नै सो कम्पनीले १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ ।

आयोजना प्रमुख किरण श्रेष्ठले सबै तयारी सकिएकाले अब एकै दिन फागुन ११ गतेदेखि साधारण शेयर बिक्री गरिने जानकारी दिनुभयो । एकपछि अर्को गर्दै साधारण शेयर जारी गर्ने तयारीमा जलविद्युत् कम्पनी लागेपछि कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोषलगायतका संस्थाले हितग्राही खाता नभएकालाई तत्काल हितग्राही खाता खोल्न सूचनामार्फत आग्रह गरिरहेका छन् ।

बोर्डले प्राथमिक शेयर हकप्रद तथा एफपिओ निष्काशनका लागि अनिवार्य रुपमा आस्वा प्रणाली कार्यान्वयन गर्न निर्देशन दिएपछि दुवै कम्पनीले त्यसको तयारी गरेका हुन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयले दिएको अनुमतिको आधारमा दुवैै कम्पनीले यही माघ २८ गते आह्वान पत्र निष्काशन गर्ने तयारी गरेका छन् । शेयर बजारको बारेमा विश्लेषण गर्दै आएका विश्लेषक निरव पुडासैनीका अनुसार पूँजी बजारको विविधकरणका लागि ठूलो मात्रामा साधारण शेयर आउनु सकारात्मक देखिन्छ । उनले केही समयपछि बजारमा उक्त कम्पनीमा लगानी गरिएको रकमसमेत आउने भएकाले त्यसले लगानीका लागि थप अवसर विस्तार गर्ने विश्वास व्यक्त गरे ।

वि.सं.२०७४ माघ २० शनिवार १०:३४ मा प्रकाशित

विदेशी पर्यटकको. बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको. बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...