back

एमालेले प्रदेश नं २ मा संसदीय दलको नेता छान्न निर्वाचन गर्ने

वि.सं.२०७४ माघ २० शनिवार

456 

shares

 

२० धनुषा, महेन्द्रनगर (रासस) । प्रदेश नं २ को प्रदेशसभामा मधेशी गठबन्धनपछि दोस्रो ठूलो दलका रुपमा उपस्थित भएको नेकपा (एमाले) को संसदीय दलको नेता छान्नका लागि निर्वाचन प्रक्रिया अपनाउने भएको छ ।

एक सय सात सदस्यीय प्रदेशसभामा एमाले २१ सिटसहित तेस्रो ठूलो दलका रुपमा रहेको छ । २९ सिट भएको पहिलो दल संघीय समाजवादी फोरम र २५ सिटसहित दोस्रो दल बनेको राजपाको गठबन्धनले सरकार बनाउने भएपछि एमालेले प्रमुख विपक्षी दलको हैसियत पाउने स्थिति रहेको छ ।

प्रमुख विपक्षी दलको नेता बन्न एमालेमा दुई नेता प्रतिस्पर्धामा छन् । स्थायी कमिटी सदस्य तथा प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल र पोलिटब्यूरो सदस्य शत्रुधन महतोबीच चुनाव हुने देखिएको प्रदेशसभा सदस्य मञ्जु यादवले बताए ।

सहमतिको प्रयास असफल भएपछि चुनाव हुन लागेको हो । मण्डलले आफू बरिष्ठ नेता र प्रदेश संयोजक समेत भएकाले सर्वसम्मत हुनुपर्ने प्रस्ताव राखेका छन् भने महतो पक्षले मण्डलकै गलत शैलीका कारण प्रदेश नं २ का तीनै तहका निर्वाचनमा पार्टीले क्षति भोग्नुपरेको भन्दै उनलाई स्वीकार नगर्ने प्रष्ट पारेको छ ।

यता प्रदेश नं २ को प्रदेशसभामा चौथो शक्तिका रुपमा नेपाली काँग्रेसको संसदीय दलको नेताको पनि टुङ्गो लागेको छैन ।

त्यस्तै माओवादीबाट महोत्तरीका भरत साह, धनुषाका रामचन्द्र मण्डल र सिरहाका रामकुमार यादव प्रतिस्पर्धी छन् । माओवादी प्रदेश नं २ मा पाँचौँ शक्तिका रुपमा रहेको छ ।

वि.सं.२०७४ माघ २० शनिवार १३:१३ मा प्रकाशित

अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त आन्तरीक राजश्व कार्यालको निरीक्षण

अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त आन्तरीक राजश्व कार्यालको निरीक्षण

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक मितव्ययिता सम्बन्धित मन्त्रिपरिषद् बैठकद्वारा...

कास्कीमा सार्वजनिक सेवा प्रवाह क्रमशः सहज हुँदै

कास्कीमा सार्वजनिक सेवा प्रवाह क्रमशः सहज हुँदै

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा कार्यालयमा...

काठमाडौँमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान

काठमाडौँमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान...

जेनजी प्रदर्शन : शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

जेनजी प्रदर्शन : शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति...

झापाबाट फरार भएका ९१ जना थुनुवा अझै सम्पर्कविहीन

झापाबाट फरार भएका ९१ जना थुनुवा अझै सम्पर्कविहीन

झापा । विर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट...

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री खनाल

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री खनाल

मोरङ । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै...