back
CTIZAN AD

आदीवासी समुदायद्वारा ‘सामुदायिक होमस्टे’ सञ्चालन

वि.सं.२०७४ माघ २१ आइतवार

930 

shares

२१ माघ, रत्ननगर, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित कठार गाउँमा आदिवासी समुदायको प्रयासमा सामुदायिक होमस्टे घरबास सञ्चालन गरिएको छ ।

यहाँका थारू, दराई, मुसहर, तामाङ र गुरुङको संयुक्त प्रयासमा १५ वटा सामुदायिक होमस्टे सञ्चालन गरिएको आदिवासी मध्येवर्ती सामुदायिक होमस्टे कठारका अध्यक्ष रामेश्वर चौधरी डेविटले जानकारी दिए । उनले समुदायको आफ्नै लगानीमा सञ्चालित होमस्टेमा स्थानीयवासीलाई समेत शेयर वितरण गरिएको छ । मुसहर समुदायलाई समेत समावेश गर्ने गरी काम गरेको पैसासमेत शेयरमा लगानी गर्ने गरिएको चौधरी बताउछन् ।

उनका अनुसार अहिले सो क्षेत्रमा १५ घरमा होमस्टे चलाइएको र यहाँ दैनिक ३० जना पर्यटक बस्न मिल्ने क्षमता छ । चितवनको सौराहाबाट करिब ६ किलोमिटर पूर्वमा रहेको कठार, पर्यटकीय क्षेत्रका रूपमा विकास भएको कुमरोजसँग जोडिएको छ । आएका पर्यटकलाई घरेलु वातावरणमा बस्न र स्थानीय समुदायको मौलिक खानाका स्वादहरू उपलब्ध हुने अध्यक्ष चौधरीले बताए ।

यो वर्ष खैरहनी नगरपालिकाले रु पाँच लाख सहयोग गरेकाले सो रकमबात थप तीनवटा होमस्टे निर्माण गर्ने योजना रहेको छ । सो होमस्टेमा लोकल मासु, थारूको मौलिक परिकार घुँगी र चिचर, हाँस, माछा, ढिँडो, सिस्नुको साग र फापरको ढिँडो, अग्र्यानिक सागसब्जीको उपलब्ध हुने छन् । थारू संसकृतिसहित स्थानीय संस्कृतिमा समेत पर्यटक रमाउन सक्नेछन् । राप्ती नदी र चितवन निकुञ्जको छेवैमा रहेकाले सो क्षेत्रमा आएका पर्यटकले वन्यजन्तु अवलोकन गर्ने सक्नेछन् । जिप र हात्ती सफारी गरेर मजा लिन सक्नेछन् ।

मचान र टावरमा बसेर वन्यजन्तु अवालोकन गर्ने व्यवस्थासमेत यहाँ छ । अहिले विभिन्न मन्त्रालय, शिक्षा कार्यालयको समूहसमेत यहाँ आइसकेको बताउँदै चौधरीले पर्यटकले सकारात्मक सुझाव दिएको बताए ।

वि.सं.२०७४ माघ २१ आइतवार ०६:३७ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...