back
CTIZAN AD

छाडा गाईको व्यवस्थापन नहुँदासम्म अन्न ग्रहण नगर्ने जगद्गुरुको प्रण

वि.सं.२०७४ माघ २१ आइतवार

819 

shares

२१ माघ, कञ्चनपुर । कञ्चनपुरका स्थानीय बासिन्दाले गाई लगेर सडक र बजार क्षेत्रमा बेवारिसे रुपमा छाडने क्रम बढेपछि जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले अन्न ग्रहण नगर्ने प्रण गरेका छन् ।
घरपालुवा गाई सडकमा छाडिएपछि उनले कठोर निर्णय लिएका हुन् । उनले सडकमा गाई छाडिएपछि अन्न ग्रहण गर्न छाडेका छन् । देशव्यापी भ्रमण पूरा गरी फर्किएका जगद्तगुरुले गाई छाडेर यातना दिइएकाले त्यसैका लागि अन्न त्यागेको बताए । “सडकमा छाडिएका गाई खानाको अभावमा मर्न थालेका छन्”, उनले भने, “गौ हत्या भएको धर्तीमा अन्न खाँनै सक्दिन ।, “यस कार्यले असाध्यै दुःख लागिरहेको छ ।”

भम्केनीमा नेपाल आमाको ७५ फिट अग्लो मूर्ति बनाउन जगद्गुरुले देशव्यापी भ्रमण गरेका छन् । जगद्गुरुले गाईलाई घरबाट ल्याएर सडकमा बेवारिसे छाडे अनिष्ट हुने बताए

जगद्गुरुले अन्न छाडेपछि स्थानीयवासी पश्चाताप गर्दै छाडा गाई आफूहरुले पाल्ने जिम्मेवारी लिने बताउँदै जगद्गुरुलाई अन्न खान आग्रह गरेका छन् ।
भीमदत्त नगरपालिकाको तिलाचौर र जिमुवाका महिलाले गाई पाल्ने जिम्मेवारी मागेका छन् । उनीहरुले छाडिएका एक÷एक गाई पाल्ने माग गरेका हुन् । जगद्गुरुले औपचारिक कार्यक्रममा इच्छुक व्यक्तिलाई गाईपालनको जिम्मेवारी दिने सोच बनाएका छन् । स्थानीयवासीले घरमा पालेका गाई–गोरुसमेत सडकमा पुगाउन थालेपछि भीमदत्तमा छाडा गाई–गोरुको समस्या विकराल बनेको छ । भीमदत्त नगरपालिकाले छाडा गाई–गोरु व्यवस्थापनका लागि निर्देशिका बनाएर व्यवस्थापन कार्य अघि बढाएको छ ।

जगद्गुरु र भीमदत्तनगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले छाडा गाई व्यवस्थापनसम्बन्धी छलफललाई अगाडि बढाएका छन् । नगरपालिकाले भीनपा–१९ मा अनुसन्धान केन्द्र बनाउने लक्ष्यसहित छाडा गाई–गोरु व्यवस्थापनका लागि भौतिक पूर्वाधार बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।
यसैगरी शुक्लाफाँटा नगरपालिकाले समेत वनहरा नदी छेउको उपयोगविहीन जग्गामा व्यवस्थित गौशाला निर्माणको कार्य अगाडि बढाएको छ ।

वि.सं.२०७४ माघ २१ आइतवार ०७:१६ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...