Logo
२३ श्रावण २०७९, सोमबार
     Mon Aug 8 2022
E-paper
  English Edition
   Unicode
Logo

‘विदेशमन्त्री स्वराजको नेपाल भ्रमण कुुटनीति अनुकूलताको प्रारम्भ’



२१ माघ, काठमाडौं । कुटनीतिक अध्ययन संस्था, नेपालले भारतीय विदेश मन्त्री शुषमा स्वराजको आकस्मिक नेपाल भ्रमण नेपाल संगको नयाँ सम्बन्ध कायम गर्नका लागि भएको बताएको छ ।
संस्थाका अध्यक्ष गोपाल प्रा.डा गोपाल सिवाकोटी र महासचिव डा. दिपेन्द्र रोकायाद्धारा आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘यो प्रतिनीधिमण्डलले नेपालमा छिट्टै बन्ने वामपन्थीहरुको सरकारसँग मिलेर कार्य गर्ने र नेपालको स्थिरता र समृद्धिको लागि सघाउने सन्देश दिनुको साथै सहकार्य गर्न इच्छुक रहेको भनी जानकारी गराउनुलाई कुटनीतिक अध्ययन संस्थाले नेपाल–भारतबीच कुटनीतिक अनुकुलताको प्रारम्भ भएको रुपमा लिन सकिन्छ । यस कार्यले भारत नेपालसँग नयाँ किसिमको सम्बन्ध कायम गर्न चाहेको अनुभव गरिएको छ ।’

यस्तो छ विज्ञप्तिको पूर्णपाठ
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचन समाप्त भई वामपन्थीको नेतृत्वमा सरकार गठन गर्ने पूर्वसन्ध्यामा आफ्नो विशेषदूतको रुपमा विदेशमन्त्री सुष्मा स्वराजको नेतृत्वमा पठाएको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको विकसित परिस्थितिका बारेमा राजनीतिक छलफल गरेर दिल्ली फर्किएको छ ।
यो प्रतिनीधिमण्डलले नेपालमा छिट्टै बन्ने वामपन्थीहरुको सरकारसँग मिलेर कार्य गर्ने र नेपालको स्थिरता र समृद्धिको लागि सघाउने सन्देश दिनुको साथै सहकार्य गर्न इच्छुक रहेको भनी जानकारी गराउनुलाई कुटनीतिक अध्ययन संस्थाले नेपाल–भारतबीच कुटनीतिक अनुकुलताको प्रारम्भ भएको रुपमा लिन सकिन्छ । यस कार्यले भारत नेपालसँग नयाँ किसिमको सम्बन्ध कायम गर्न चाहेको अनुभव गरिएको छ ।
यो भ्रमण अचानक र अस्वभाविक रुपमा देखिएकाले कतिपयलाई आश्चर्य लागेको हुन सक्छ तर कुटनीतिमा आफ्नो सम्बन्ध अनुकुल बनाई राख्नु र आफ्नो हित विपरित हुन नदिने सर्वमान्य सिद्धान्त अनुकुल नै रहेको हुँदा यसलाई दुबै देशबाट एकअर्काकाबीच विश्वासको वातावरण बनाई नयाँ आधारबाट सम्बन्ध विकसित गर्न देखाएको उत्सुकताका रुपमा लिनु पर्दछ ।
नेपाल र भारतबीचमा संविधान तथा मधेशको विषयलाई लिएर नेपाल र भारतबीचको सम्बन्धमा रहेको तिक्ततापूर्ण सम्बन्धमा सुधार गरी नेपाललाई विकास र समृद्धिमा सहयोग गर्ने जुन सन्देश दिने काम भएको छ, यसबाट भारतले नेपालसँग बिथोलिएको सम्बन्धलाई सच्याउन इच्छुक भएको देखिएको छ । वामपन्थीहरु सरकारमा आएपछि भारत सम्बन्धको बारेमा देखिएको अनिश्चिताको वातावरण समेत समाप्त भएको छ । नेपालमा वामपन्थीहरुले सरकारमा गएर स्थिरता र समृद्धि कायम गर्न छिमेकी राष्ट्रहरुबाट सहयोग र सद्भाव चाहेका छन् । वामपन्थीहरुले छिमेकी दुबै राष्ट्रसँग समान र सन्तुलित सम्बन्ध राख्ने बताउँदै आएको पृष्ठभूमिमा भएको स्वराजको नेपाल भ्रमण भयो । कुटनीतिमा हिजो के थियो भन्ने भन्दापनि आजको अवस्थामा मुलुकको हित, सम्वद्र्धन कसरी हुन सक्छ रु, मुलुकले स्थायित्व, समृद्धि र विकास कसरी गर्न सक्दछ ? भन्ने कुरालाई महत्व दिइने गरिन्छ । यो भ्रमणले भारत र नेपाल बीचमा विगतमा कस्ता सम्बन्ध थिए भन्दा पनि भविष्यमा कस्तो सम्बन्ध गर्ने भन्ने कुराको आधार तयार भएकोलाई महत्व दिई हेर्नु पर्दछ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अबैधरुपमा लुकाएर डलर, युरो र पाउण्ड विदेश लैजान लागेको अवस्थामा एक व्यक्ति

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा

काठमाडौं । चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिम सीमाना नजिकैको समुन्द्रमा डोङफेङ ब्यालेस्टिक मिसाइल प्रहार