back
CTIZAN AD

मोरङ सुनसरी कतारमा नयाँ नेतृत्व

वि.सं.२०७४ माघ २१ आइतवार

804 

shares


मोरङ सुनसरी सेवा समाज कतारको १३ औ साधारणसभा सम्पन्न भएको छ । कतारको मिसाईडस्थित अम्वाज क्याटरिङ सर्भिसको परिसरमा आयोजित कार्यक्रमको सभापतित्व आयोजक कमिटीका अध्यक्ष योगेन्द्र कार्की, प्रमुख अतिथि एनआरएनए आईसीसी मध्यपुर्व संयोजक आरके शर्मा थिए । बिशेष अतिथि अतिथिहरुमा टीबी कार्की, नरेन्द्रभाट, कमलमणी गुरागाई, बिलबहादुर गुरुङ, बिनोद भट्टराई, कुमार कार्की, बिमल सुवेदी, देविका केसी , एनसीसी कतारका अध्यक्ष नविन पोख्रेल थिए।साथै मोसुका अग्रज तथा सल्लाहकारहरु, कतारमा स्थापित प्रमुख वैचारिक संस्थाका प्रमुखहरु, पत्रकार महासंघ, महिला समाज, जनजाति महासंघ, अनेसास, खसक्षेत्री समाज, जिल्ला संस्थाहरु, एनआरएनए अभियन्ताहरु, व्यवसायी, बुद्धिजिवि, सामाजिक अभियन्ताहरु, संचारकर्मी, कलाकार एवं मोसुबासीहरु सहित करिब ४०० को सहभागिता रहेको थियो। सहभागिहरुको मनोरञ्जनको लागि विभिन्न खेलकुदहरु, सांगितिक प्रस्तुतीहरु तथा औपचारिक कार्यक्रम गरि विभिन्न चरणमा कार्यक्रम गरिएको थियो।

करिब ३० जना सहभागि हाडी फुटाई खेलमा भरत केसी र मनोज चौधरी विजयी भएका थिए भने महिला सहभागिहरुका लागि आयोजना गरिएको म्यूजिकल चियरमा पवित्रा मल्ल, शितल बानिया र रिता लुइटेल क्रमश प्रथम, द्धितिय र तृतिय भएका थिए । आयोजक भर्सेस अतिथि सहित ६ टिम बिच ३ वटा फुटबल खेलसमेत भव्यताका साथ सम्पन्न भएका थिए । कार्यक्रम संयोजक चिरन्जीवि तिम्सीनाले स्वागत गरेपश्चात प्रमुख अतिथिबाट उद्घाटन तथा राष्ट्रियगान गाउदै सुरुभएको औपचारिक कार्यक्रममा संस्थालाई सहयोग गर्ने सहयोगिहरुलाई प्रशंसापत्र, १२ औ साधारणसभाको निर्वाचन समितिलाई कदरपत्र प्रदान गरिएको थियो। त्यसैगरी एनआरएनएको आइसीसीमा निर्वाचित तथा मनोनितहरुलाई बधाई तथा शुभकामना, एवं एनआरएनए एनसीसी कतारका अध्यक्ष नगेन्द्र प्रसाद पोख्रेल(नविन) , पुर्वअध्यक्ष नरेन्द्र भाट तथा अग्रज सामाजिक अभियन्ता सागर नेपाललाई मानार्थ सदस्यता प्रदान गरिएको थियो।

२०१७–१८ कार्यकालको सर्बोत्कृट कार्यसम्पादन कर्ताका रुपमा सहसचिव लिलानाथ घिमिरे घोषित भएका थिए। साधारणसभालाई अर्घाखाँचि सेवा समाजका अध्यक्ष ठाकुर परियार, लम्जुङ सेवा समाजका महासचिव सीताराम थापा, पाथीभरा ताप्लेजुङ सेवा समाजका अध्यक्ष दुर्गा प्याकुरेल, प्रदेश नं १ का संयोजक चुडामणि कार्की, पत्रकार महासंघ कतारका अध्यक्ष करिम बख्समियाले शुभकामना व्यक्त गर्दै मोरङ सुनसरीको खुलेर प्रशंसा गरेका थिए। उनिहरुले मोरङ सुनसरी समाजबाट हामी लगायत कतारका अरु सस्थाले पनि सिक्नुपर्ने, दोहाको हकमा एउटा उदाहरणीय सस्था भएको बताए।शुभकामना दिने क्रममा जनजाति महासंघ कतारका अध्यक्ष देवराज राई, तराई मधेश लोकतान्त्रिक मन्चका हुसेन खान, नेपाली जनसम्पर्क समितिका महामन्त्री अजिज अलि, समाजसेवि सागर नेपाल, संस्थापक तथा सल्लहकार चानक पोख्रेल, एनआरएनए एनसीसी अध्यक्षन विन पोख्रेल, पुर्वअध्यक्ष कमलमणी गुराँगाँईले पनि शुभकामना व्यक्त गर्दै मोसुका विभिन्न आयामहरुका बारेमा चर्चा गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि आरके शर्माले सस्थाको १३ औं साधारणसभाको शुभकामना व्यक्त गर्दै मोरङ सुनसरी धेरै योग्य र सक्षम ब्यक्तित्व भएको संस्था भएकोले उहाँहरु भोलि अझमाथि सम्मजाने सम्भावना रहेको बताउदै मोसुलाई आफुले आवश्यक सहयोग गर्ने बताए।

साधारणसभाको दोश्रोसत्रले संस्थाका प्रगति र आर्थिक प्रतिवेदनहरु पास गर्नुका साथै सरोज बास्तोलाको संयोजकत्वमा कुमार कार्की र लोक तामाङ सदस्य रहेको विधान संसोधन समितिको प्रस्तावमा केहि संसोधन समेत गरेको छ।विनेस तामाङको संयोजकत्वमा दुर्गा प्याकुरेल र सीताराम थापा सदस्य रहेको निर्वाचन समितिले प्रकृया अघि बढाएपश्चात प्राप्त आवेदनहरुबाट २३ कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा तेज कटुवाल, उपाध्यक्षद्धयमा दिलिप पराजुली र भिम विश्वकर्मा, सचिव नियम भूजेल, कोषाध्यक्ष गोपाल कटुवाल, सहसचिवद्धयमा लिलानाथ घिमिरे र भरतश्रेष्ठ, सहकोषाध्यक्षद्धयमा पर्शराम बास्तोला र मनोज चौधरी तथा सदस्यहरुमा भोला बस्नेत, सन्जिव आचार्य, अमित चौधरी, राजनारायण चौधरी, मंगलसिंह तामाङ, भरत कटुवाल, तिर्थराज निरौला, ओमप्रकाश बानियाँ, रमा खड्का, सुनिता कोइराला, प्रेमराई, सोहेलअख्तर अन्सारी, पर्शुराम बन्जरा, किरण थापा सर्वसम्मत निर्वाचित भए।

नवनिर्वाचित टिमलाई निर्वाचनसमितिका संयोजक विनेस तामाङले सपथ ग्रहण गराएका थिए । अन्त्यमा नवनिर्वाचित अध्यक्षद्धारा हालसम्म संस्थाले गर्दै आएका योजनाहरुलाई निरन्तरता दिदै आफ्नो कार्यकालमा केहि नयाँ योजनासहित हाल संचालित मोसु शैक्षिक अक्षयकोषलाई विशेष प्राथमिकताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहभागिहरुलाई मनोरञ्जन दिन भरत केसी, रमला अधिकारी, माया भुजेल, तनुस्का कटुवाल, हरीनारायण चौधरी र अनुशा कार्कीले नृत्य प्रस्तुत गरेका थिए भने अच्यूत वस्ती, देव न्यौपाने र उज्ज्वल बास्तोलाले गित प्रस्तुत गरेका थिए । औचारिक कार्यक्रम दिलिप पराजुलीले, सांगितिक सेसन देवराज न्यौपानेले तथा खेलकुद एवं समापन समारोह टेकनाथ बरालले सन्चालन गरेका थिए ।

त्यसैगरी नवनिर्वाचित कार्यसमितिको २ फरवरीमा बसेको प्रथम बैठकले संस्थाको बझबुजारथ गर्नुका साथै संसोधित विधान बमोजिम अध्यक्ष तेज कटुवालको संयोजकत्वमा गजेन्द्रमान खत्री, सरोज बास्तोला, बिनोद भट्टराई, लोक तामाङ, टेकनाथ बराल, योगेन्द्र कार्की र सुवास गौतम रहेको अध्यक्ष परिषद् (प्रेसिडन्टियल काउन्सिल) र निवर्तमान अध्यक्ष योगेन कार्कीको संयोजकत्वमा चानक पोख्रेल, कुमार कार्की, दिलकिरण खजुम, धिरज राई, सेवन कार्की, चिरन्जिवि तिम्सीना र छविरमण कटुवाल रहेको सल्लाहकार समिति गठन गरेको छ।बैठकले विभिन्न समितिहरु गठन गरी कार्यबिभाजन समेत गरेको छ।

वि.सं.२०७४ माघ २१ आइतवार ०८:३९ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...