back
CTIZAN AD

ज्योतिष हरिहर ब्रिसबेन अस्ट्रेलियाका लागि बने ब्रान्ड एम्बासाडर

वि.सं.२०७४ माघ २१ आइतवार

1K 

shares

ज्योतिष हरिहर ब्रिस बेन अस्ट्रेलियाका लागि बने ब्रान्ड एम्बासाडर

अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यको राजधानी ब्रिसबेनमा रहेको क्वीन्सल्यान्ड इन्टरनेसनल इन्स्टिच्युट (क्यूआर्इआई) ले युवा ज्योतिष हरिहर अधिकारीलाई नेपालका लागि ब्रान्ड एम्बासाडर घोषणा गरेको छ ।

नेपालमा क्यूआर्इआईका विभिन्न कोर्स एवं संस्थाका विभिन्न सेमिनार तथा गोष्ठीको प्रवर्धन तथा नेपाली युवा र संस्थाबीच पुलको काम गर्ने उद्देश्यका साथ ज्योतिष हरिहरलाई आगामी एक वर्षका लागि आफ्नो ब्रान्ड एम्बासाडर नियुक्त गरेको हो ।

ज्योतिष हरिहर गत पुस २५ मा यसै उद्देश्यका लागि अस्ट्रेलिया आएका थिए । यस बीचमा अस्ट्रेलियाको शिक्षा, रहनसहन र अन्तर्राष्ट्रिय विद्यार्थीको जीवनबारे अध्ययन गरे । क्वीन्सल्यान्ड राज्य र यसका प्रमुख ठाउँ घुमेर यहाँको खानपान तथा रहनसहन एवं यस शैक्षिक संस्थाको बारेमा क्रिस्टल क्लियर भएपछि मात्रै प्रस्ताव स्वीकार गरेका उनले बताए ।

‘म पैसाकै लागि विषको प्रवर्धन गर्न सक्दिनँ । तर अमृतको प्रवर्धन गर्न पैसा नै चाहिन्छ भन्ने छैन,’ कार्यक्रममा उनले भने, ‘नेपाली विद्यार्थी र यस शैक्षिक संस्थाबीच एक पुलको भूमिकामा जुट्न पाउँदा म प्रसन्न छु ।’क्यूआर्इआई र यसका सदस्यहरुसँग धेरै संवाद र गहन छलफल गरेपछि यसले प्रदान गर्ने शैक्षिक योग्यता र गुणस्तरबारे आफू छर्लङ्ग भएको उनको भनाइ छ ।

माघ १९ गते आफ्नै क्याम्पसमा राखेको कार्यक्रममा काउन्सिल अफ इन्टरनेसल स्टुडेन्ट्स अस्ट्रेलिया (सिसा) का अध्यक्ष विजय सापकोटाले क्यूआर्इआईले विद्यार्थीको आवाजका लागि क्वीन्सल्यान्ड इन्टरनेसनल इन्स्टिच्युट स्टुडेन्ट एसोसिएसन सम्मान लायक भएको बताए ।

संस्थाकी प्रमुख ट्रेनर डायन एडवर्ड्स ले यस संस्थाले विद्यार्थीको रुचि, रहर, पृष्ठभूमि र आवश्यकता बुझ्ने र गुणस्तरीय शिक्षामा कहिल्यै सम्झौता नगरेको दाबी गर्दै नेपाली विद्यार्थीमाझ पुग्न ब्रान्ड एम्बासाडर हरिहर अधिकारीको भरपुर सहयोग एवं योगदान रहने विश्वास व्यक्त गरिन् ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका महासचिव नारायण कोइरालाले एनआरएनए अस्ट्रेलियाले विद्यार्थीका कुनै पनि कठिनाइमा गर्दै आइरहेको सहयोग निरन्तर गरिरहने बताए ।

वि.सं.२०७४ माघ २१ आइतवार ०८:५४ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...