back
CTIZAN AD

दुर्लभ पाटे बाघको राम्रो वासस्थान बन्दै मध्यवर्ती क्षेत्र

वि.सं.२०७४ माघ २६ शुक्रवार

915 

shares

२६ माघ, रत्ननगर, चितवन । चितवनका मध्यवर्ती क्षेत्र दुर्लभ वन्यजन्तु पाटे बाघको राम्रो वासस्थान बन्दै गएको पाइएको छ । चितवनको टिकौली जंगलमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो ।

भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको बीचमा पर्ने टिकौली जंगलस्थित जैविकमार्ग करिडोर क्षेत्रमा दुर्लभ पाटे बाघलगायत वन्यजन्तु र तिनिहरुको अवस्थाबारे अध्ययन भइरहेको छ ।

गएको छ महिनादेखि जारी अध्ययनका क्रममा चितवन निकुञ्जभित्र मात्रै नभई मध्यवर्ती क्षेत्रमा समेत पाटे बाघले वासस्थान बनाएर बसेको पाइएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले जानकारी दिए । अझै थप छ महिना सो क्षेत्रमा अत्याधुनिक क्यामेरा राखेर क्यामेरा ट्र्यापिङ विधिबाट अध्ययन गरिने उनको भनाइ छ ।

जैविकमार्गमा पर्ने राजमार्गमा अन्य जनावरसँगै बाघसमेत ओहोरदोहोर गर्ने गरेको र बाघले बरण्डाभारमा वासस्थानसमेत बनाएको पाइएको लामिछानेले जानकारी दिए ।

जैविकमार्गमा वन्यजन्तुमाथि भएको असरबारे अनुगमन गर्न यहाँ क्यामेरा ट्र्यापिङ विधिबाट अनुसन्धान भइरहेको छ ।

राजमार्ग आसपास क्षेत्रमा अत्याधुनिक प्रविधिको स्वचालित क्यामेरा राखेर गरिएको अनुसन्धानमा राजमार्ग काटेर बाघले तल र माथि गर्ने गरेको समेत पाइएकाले सो क्षेत्र अति संवेदनशील रहेको अनुसन्धानकर्ताले बताएका छन् । सवारी चलाउँदा ध्यान दिन उनीहरुले आग्रह गरेका छन् ।

“दुई वटा भाले बाघले राजमार्ग कटेर तलमाथि गरेको पाइयो, एउटा लंगडो छ, दुई वटा पोथी बाघ राजमार्गसम्म पुगेको भेटियो”, छ महिनाको अनुसन्धानबारे अनुसन्धान अधिकृत लामिछानेले भने ।

राजमार्गको कुन ठाउँ बाघले बढी प्रयोग गर्छन् भन्नेबारेमा तीन वटा क्यामरा थप राखेर अनुसन्धान जारी रहेको उनको भनाइ छ । बाघले वफर्जुनमा आफ्नो क्षेत्र (टेरिटोरी) नै बनाएर बसेको समेत अनुसन्धानले देखाएको छ ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सो क्षेत्रमा संरक्षित वन्यजन्तुको आवतजावतको अवस्था तथा मानवीय र सवारी चापका कारण तिनीहरुमा परेको प्रभावका बारेमा डा आशिष गुरुङको नेतृत्वमा यहाँ अध्ययन भइरहेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा, जिल्ला वन, राष्ट्रिय निकुञ्ज तथा स्थानीय सामुदायिक वन र बरण्डाभार उपभोक्ता समितिको सहकार्यमा यहाँ अध्ययन भइरहेको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका कार्यालय प्रमुख रामकुमार अर्यालले सो क्षेत्रमा बाघ, गैँडा, चित्तललगायत वन्यजन्तुको अवस्था पत्ता लगाउन अनुसन्धान थालिएको बताए । यहाँ १९ स्थानमा ३४ वटा अत्याधुनिक क्यामरा राखिएको छ ।

वि.सं.२०७४ माघ २६ शुक्रवार ०८:५६ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...