२६ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आफ्नो दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको नेपाललाई दोस्रो झड्का लागेको छ ।
नेपालको दोस्रो विकेटको रुपमा दिलिप नाथलाई १९ रनमा गुमाएको हो । उनले ४९ बलमा ३ चौकाको मदतमा १९ रन बनाएका थिए । यस अघि नेपालले पहिला विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई सात रनमा गुमाएको थियो ।
नामिबियाको विन्डहुकस्थित अफिस पार्कमा हुने खेलमा ओमानलाई हराउदैँ लगातार दोस्रँे जितको खोजीमा हुने छ छ । उता ओमान भने पहिलो खेलमा पराजित भएको छ ।
बिहीबार भएको पहिलो खेलमा नेपालले आयोजक नामिबियालाई हराएको थियो । ओमान पहिलो खेलमा क्यानडासँग ८ विकेटले पराजित भएको थियो ।