back
CTIZAN AD

प्रदेश नं ५ को सभामुखमा घर्ती निर्विरोध निर्वाचित

वि.सं.२०७४ फागुन २ बुधवार

543 

shares

२ फागुन, बुटवल । प्रदेश नं ५ को सभामुखमा रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित सदस्य पूर्णबहादुर घर्ती निर्वाचित भएका छन् । प्रदेश नं ५ को आज बसेको बैठकले घर्तीलाई प्रदेशसभा सभामुखमा निर्विरोध निर्वाचित गरेको हो ।

सभामुख पदका लागि हिजो भएको उम्मेदवारी दर्तामा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन हुनुभएको सभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घोषणा गरेका थिए ।

आजको बैठकमा नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक दधिराम न्यौपानेले पेश गरेको प्रस्तावमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेपछि सभामुख बलदेव शर्मा पोखरेलले निर्वाचित भएको घोषणा गरेका थिए ।

रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित घर्ती पूर्वी रुकुम जिल्ला भूमे गाउँपालिका–९ का स्थानीय बासिन्दा हुन ।

विसं २०३७ मा अनेरास्ववियुको सदस्यता प्राप्त गरेपछि वामपन्थी राजनीतिमा लागेका घर्तीले २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्षको समेत जिम्मेबारी सम्हालेका थिए । पछिल्लोपटक उनी नेकपा माओवादी केन्द्र ५ नं प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य समेत रहेका थिए ।

साहित्य र जनवादी गीत संगीतमा दख्खल राख्ने घर्तीले २०४७ देखि २०५२ सम्म सामना परिवार र जनसांस्कृतिक संघको केन्द्रीय नेतृत्वमा रही विशेषत राप्तीमा सांस्कृतिक अभियानको नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
आजको बैठकले फागुन ६ गते उपसभामुखको निर्वाचनको मितिसमेत तोकेको छ । अर्को संसद् बैठक फागुन ६ गते १ बजे बस्ने भएको छ ।
सभामुख चयन भएपछि घर्तीले नयाँ जिम्मेवारी पूरा गर्न सबै पार्टी र सांसदसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

उनले मुलुकमा संघीय गणतन्त्र स्थापना भएको अवस्थामा नयाँ जिम्मेवारी थपिएको बताए । उनले अहिले कार्य क्षेत्र फरक भएको जनताप्रति, राष्ट्रको समृद्धिप्रति र जनताको अधिकारलाई सुनिश्चित गर्ने अभिभारा पूरा गर्ने प्रतिबद्धता नै पहिलो हुने बताए ।

सभामुख घर्तीले प्रदेश नं ५ को विकासका लागि समृद्धि नै मुख्य हुने बताउँदै त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउदै सबैको सामूहिक चाहना र प्रतिबद्धता रहने बताए।

उनले प्रदेश नं ५ मा समृद्धिका मुख्य आधार जल, जमिन, कृषि, पर्यटनलगायत ऐतिहासिक धरोहरमा यो प्रदेश धनि भएको त्यसलाई संरक्षण, संवद्र्धन गरेर योजनावद्ध विकासका खाका बनाएर काम गर्न सकिने बताए ।

सभामुख घर्तीले प्रदेश नं ५ को स्थायी राजधानी जनतालाई सहज हुनेगरी सबैको सहमतिमा यसको टुंगो लगाइने समेत स्पष्ट पारे ।

नवनिर्वाचित सभामुख घर्तीलाई आजनै प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनियताको शपथ गराउनेछन् । शपथ ग्रहण समारोह प्रदेश प्रमुखको सचिवालयमा अहिले बेलुका ४३० बजेलाई तय गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिए ।

वि.सं.२०७४ फागुन २ बुधवार १०:२५ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...