back
CTIZAN AD

क्यानडाले नेपाललाई दियो १९५ रनको लक्ष्य

वि.सं.२०७४ फागुन २ बुधवार

594 

shares

२ फागुन, काठमाडौँ । विश्व क्रिकेट लिग डिभिजन टू अन्तगर्त नेपाललाई क्यानडाले १९५ रनको लक्ष्य दिएको छ ।
नामिबियामा जारी खेलमा क्यानडाले निर्धारित ५० ओभरको समाप्तिमा ८ विकेट गुमाउदै १९४ रन बनाएको हो । क्यानडाको लागि ओपनर श्रीमनाथ विजरत्नेले सर्वाधिक १०३ रन बनाए । जुन रन प्रतियोगिताकै उच्च रन समेत हो ।

यसै गरि हाम्जा तारिकले २४, एसएस ढिन्ड्साले १८ सादविन जफरले १० रन बनाए । नेपालका वसन्त रेग्मीले सर्वाधिक ३ विकेट हात पारे यस्तै सन्दीप लामिछानेले २ तथा करन केसी र शरद भेषवाकरले १ |१ विकेट हात पारे । नेपालले केहि बेरमा जवाफी ब्याटिङ गर्ने छ ।

वि.सं.२०७४ फागुन २ बुधवार ११:२५ मा प्रकाशित