back
CTIZAN AD

च्याम्पियन्स लिग र जिदान टिमको अग्नि परिक्षा

वि.सं.२०७४ फागुन २ बुधवार

663 

shares

२ फागुन , काठमाडौँ । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत आज राति रियल म्याड्रिड र पिएसजी भिड्दै छन् । युरोपेली फुटबलका जायन्टको रुपमका परिचित यी दुई क्लब मध्ये एक क्लब प्रतियोगिताबाटै बाहिरिने निश्चित प्राय छ । यति बेला लिग वान क्लब पिएसजीको फर्म र रियलको फर्मलाई हेर्दा निकै नै असमानता देखिन्छ । पिएसजीले यो सिजन घरेलु लिगमा निकै राम्रो प्रदर्शन गर्दै आएको छ । पिएसजीका खतरनाक स्ट्राईकर कभानी, नेयमार तथा बाप्पे जस्ता खेलाडीले यस सिजन निकै राम्रो प्रदर्शन गरेका छन् ।
उता त्यसको ठिक विपरित डिफेन्डिङ चयाम्पियन्स रियल म्याड्रिडले भने राम्रो प्रदर्शन गर्न सकेको छैन् । तर पनि रियल यस्तो टिम हो जसले जस्तो सुकै नतिाजालाई पनि उल्टाउन सक्ने सामथ्र्य भएको क्लबको रुपमा समेत लिईन्छ । घरेलु लालिगाको उपाधि जित्ने सम्भावना सकिसकेको अवस्थामा जिदान टिमको अग्नि परिक्षाको रुपमा समेत लिईएको छ ।
च्यामिपयन्स लिगमा असफल भएको खण्डमा रियलले प्रशिक्षक परिवर्तन गर्न सक्ने सम्भावना समेत अवश्य हुने छ त्यसैले पनि यो खेललाई जिदानको लागि ‘गर या मर’ जस्तै छ । उता रियलबाट खेल्ने खेलाडीहरुको सफलता पनि च्याम्पियनस लिगको सफलताले निर्धारण गर्ने हुँदा रियलका प्रशिक्षक तथा खेलाडीको अग्नि परिक्षाको रुपमा लिईएको छ ।

वि.सं.२०७४ फागुन २ बुधवार १२:१० मा प्रकाशित