back
CTIZAN AD

सीमसागको व्यापारबाट अन्नपानीको जोहो

वि.सं.२०७४ फागुन ८ मंगलवार

759 

shares

८ फागुन, पथरी, मोरङ । पूर्वी मोरङको पथरीशनिश्चरे–८, जिरिखिम्ती सीमसागको राजधानीका रुपमा परिचित हुन थालेको छ ।

किसान थोरै जमिनबाट घरको गर्जो टार्ने खर्च मात्र हैन व्यावसायिकरुपमा साग खेती गरेर आर्थिकरुपमा समृद्ध बन्दै गएका छन् । घर नजिकै बग्ने मोरङ्गीखोलाको थोरै भूगोलमा सीमसागको व्यावसायिक खेती गरी उनीहरूले एक सिजनमा रु ६० लाख आम्दानी गर्ने गरेका छन् । कात्तिकमा रोपेको सीमसागले ४५ दिनदेखि आम्दानी दिन थाल्ने किसानको भनाइ छ ।

राम्रोसँग गोबर मल र निरन्तर एकनासले पानी पाए प्रत्येक ३०÷३० दिनमा चार पटकसम्म उत्पादन लिन मिल्छ । मोरङ्गीखोलाको झण्डै सात किलोमिटर लम्बाइभित्र ७० भन्दा बढी किसानले सागको व्यावसायिक खेती गर्दै आएका छन् ।

जस्तोसुकै खडेरी पर्दा पनि पानी नसुक्ने मोरङ्गीखोलामा विगत ५० वर्षदेखि सीमसागको खेती हुँदै आएको स्थानीय बूढापाका बताउँछन् । तर १० वर्षयता भने पूर्ण व्यावसायिक खेती भइरहेको किसान पवित्रा खड्काले बताईन् ।

उनका अनुसार खोलामा स्थानीय किसानले १० धुरदेखि तीन कट्ठा जग्गा ओगटेर साग रोपेका छन् । एक कट्ठा जग्गामा एक सिजनमा रु २२ हजारको साग उत्पादन हुने खड्का बताउछिन् । अर्का किसान सुशीला कार्कीले यो वर्ष दुई कट्टाको साग रु ३० हजारमा ठेक्कामा दिएको बताए ।

उनी भन्छन् त्यसैभित्रबाट केही साग मुठा बाँधेरसमेत बिक्री गरिन्छ । अझ कला कट्वालको आम्दानी त झनै लोभ लाग्दो छ, दुई कट्ठा क्षेत्रफलमा लगाएको सीमसागबाट कलाले एकमुष्ट रु २७ हजार हात पारिन् ।

रोप्दा एकपटक मेहनत गरेपछि निरन्तर डुब्ने गरी सिँचाइ गरे पुग्ने सीमसाग खेती आम्दानीको राम्रो स्रोत भएको किसान स्वीकार्छन् । दमककी देवी चौधरीको त एक वर्षको अन्नपानीको जोहो नै सीमसागको व्यापारबाट हुने गरेको छ ।

विगत १४ वर्षदेखि यही पेशामा आश्रित ५२ वर्षीया चौधरी सीमसागको व्यापारबाट एक सिजनमा रु ९२ हजार चोखो हात पार्ने बताउछिन् । उनी भन्छिन् – मेरो सबै खेतीपाती नै यही हो । सागको माग काठमाडौँसम्म भएपनि पु¥याउन नसकिएको देवी चौधरीको भनाइ छ ।

पूर्वी मोरङको मोरङ्गीखोलामा मात्र उत्पादन हुने सीमसागको माग उच्च रहेको छ । तर मागअनुसार उत्पादन नहुँदा सागको मूल्य सिजनैपिच्छे बढ्ने गरेको चौधरीले बताईन ।

खेती वर्षमा दुईपटक हुने गरेको छ । पछिल्लो समय व्यावसायिक बन्दै गएको सीमसागको खेती हाल आएर आसपासका डाँस र सीताखोलामा पनि गरिन थालेको छ ।

वि.सं.२०७४ फागुन ८ मंगलवार ०६:१७ मा प्रकाशित

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...