back
CTIZAN AD

भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियरलाई ट्याबलेट

वि.सं.२०७४ फागुन १२ शनिवार

846 

shares

१२ फागुन, काठमाडौँ । भूकम्पपीडितलाई दिइँदै आएको राहत हस्तान्तरण प्रक्रियालाई सहज तुल्याउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कार्यस्थलमा खटिएका प्राविधिकलाई रु ८५ लाखभन्दा बढीको ट्याबलेट (कम्प्युटर) उपलब्ध गराएको छ ।
प्राधिकरणका सचिव मधुसुदन अधिकारीले शुक्रबार केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक तपेन्द्रबहादुर खड्कालाई २८४ थान कम्प्युटर हस्तान्तरण गरे ।

आयोजनाले भूकम्प प्रभावित १८ जिल्लाका १५१ इन्जिनियरलाई ती कम्प्युटर उपलब्ध गराउने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिए । उनका अनुसार त्यसबाट जिल्लामा खटिएका इन्जिनियरले राहतको दोस्रो किस्ता उपलब्ध गराउने सिफारिशका लागि तस्बिरसहित तथ्यांक केन्द्रमा पठाउन सहयोग पुग्नेछ ।

सो अवसरमा कार्यकारी अधिकृत भुसालले हालसम्म ९८ घर निर्माण सम्पन्न भइसकेको र तीन लाख १४ हजार घर बनिरहेको जानकारी दिँदै चालु आवमा साढे चार लाख घर बनाइसक्ने लक्ष्य रहेको बताए ।

काठमाडौँ उपत्यकाकामा पुनःनिर्माणमा व्यावहारिक एवं कानुनी जटिलता भएको बताउँदै उनले उपत्यका बाहिर भने पुनःनिर्माणले गति लिएको जिकिर गरे ।

भूकम्पपछिको आवश्यकता आंकलन प्रतिवेदन (पिडिएन)का अनुसार २०७२ वैशाख १२ गतेको भूकम्पले आठ हजार ७९० जनाले ज्यान गुमाए भने २२ हजार ३०० घाइते भएका थिए । यस्तै चार लाख ९८ हजार ८५२ निजी घर, दुई हजार ६५६ सरकारी भवन र विद्यालयका १९ हजारभन्दा बढी कक्षा कोठा पूर्णरुपमा क्षति भएका थिए ।

वि.सं.२०७४ फागुन १२ शनिवार ०३:१५ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...