back
CTIZAN AD

किशोरी बेच्ने ५९ वर्षीय तामाङ ३३ वर्षपछि पक्राउ

वि.सं.२०७४ फागुन १२ शनिवार

861 

shares

१२ फागुन, नुवाकोट । मानव बेचबिखन मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका कामी तामाङ ३३ वर्षपछि पक्राउ परेका छन् ।

उनन्साठी वर्षीय तामाङलाई काठमाडाँैको तीनचुलेबाट बिहीबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि नुवाकोट जिल्ला अदालतमा बुझाइएको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । गाउँकै एक किशोरीलाई भारतमा लगी बिक्री गरेको अभियोगमा विसं २०४१ चैत १४ गते अदालतबाट दोषी ठहर भई १० वर्षको कैद फैसला गरिएका साविक तलाखु गाविस–२ घर भएका तामाङ त्यसपछि फरार रहँदै आएका थिए । अदालतले उनलाई कैद सजाय भुक्तानीका लागि कारागार चलान गरेको छ ।

नुवाकोट प्रहरीले गत माघ २८ देखि न्यायालयबाट दोषी ठहर तथा फरार रहेका अभियुक्त खोजी गर्न ‘विशेष अभियान’शुरु गरेपछि १३४ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख कुँवरका अनुसार पक्राउ परेका व्यक्तिबाट रु चार लाख ५२ हजार जरिवाना असुल भएको र ४५ वर्ष ११ महिना १२ दिनको कैद सजाय लगत कट्टा भएको छ ।

वि.सं.२०७४ फागुन १२ शनिवार ०३:१२ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...